धरान: यलम्बर संवत ५०८४ को अवसरमा आयोजना हुन लागेको तेस्रो यलो दोङ थ्री वाइ थ्री ओपन महिला पुरुष बास्केटबल प्रतियोगितामा ३९ टिम सहभागी हुने भएको छ।

धरान बास्केटबल संघको आयोजना तथा किरात राई यायोक्खा सुनसरीको सहयोगमा भोली शनिबार भानुचोकमा प्रतियोगिता हुदैछ । उक्त एकदिने प्रतियोगितामा धरान र धरान आसपासका क्षेत्र बाट ३० टिम पुरुष र ९ महिला टिमले सहभागिता जनाउने भएको छ । प्रतियोगितामा धरान र धरान आसपासका बिर्तामोड झापा, मोरङ बिराटनगर, इटहरी, तरहरा बाट प्रतियोगितामा सहभागि हुने आयोजकले जनाएको छ । 

प्रतियोगिताका महिला पुरुष बिजेताले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपबिजेताले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।प्रतियोगिताको उत्कृष्ट खेलाडी एमभिपी अवार्ड बिजेताले नगद दुई हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुबेदीले जानकारी दिए । 

धरानको भानुचोकमा पहिलो पटक बास्केटबल प्रतियोगिताको आयोजना गर्न लागिएको हो । किरात नया वर्ष ५०८४ लाई भव्यताका साथ स्वागत गर्दै  मनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । माघ १ गतेलाई किरातीहरुले यलम्बर संवत (नया वर्ष ) यले दोङको रुपमा मान्दै आइरहेको छ । माघ १ गते देखि किरात संवत ५०८४ मा प्रवेश गर्नेछ । 

गत दुई वर्ष अघि देखि किरात नया वर्षको अवसरमा बास्केटबल प्रतियोगिताको आयोजना हुँदै आइ रहेको छ । पहिलो सस्करण किराया सुनसरीले आयोजना गरेको थियो भने दोस्रो सस्करणमा भने धरान बास्केटबल संघले अन्तर कलेज महिला बास्केटबल प्रतियोगिताको आयोजना गरेको थियो । किरात नया वर्षलाइ थप भव्य बनाउन यश वर्ष देखि भने धरानको भानु चोकमा खुल्ला महिला पुरुष बास्केटबल प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा प्राबिधिक सहयोग सुनसरी बास्केटबल संघको रहने छ ।