धरान: मेयर हर्क साम्पाङलाई निरन्तर साथ दिदै आएका उपमेयर अइन्द्रबिक्रम बेघाले आजको कार्यापालिका बैठकमा भने मेयरसँग कड्किए । 

कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको प्रसंग निकाल्दै उपमेयर बेघाले फेसबुकमा मेयर साम्पाङले सेयर गरेको एउटा युट्युब भिडियोको कन्टेन्टबारे कुरा उठाए । उक्त कन्टेन्टमा आफुलाई बिषालु भनिएको र मेयर साम्पाङले किन सेयर गरेको भन्दै आक्रोश पोखे । उपमेयर बेघाले आफुले विगत १८ महिनादेखि निरन्तर साथ दिएको तर अहिले घाँटी अठ्याएको भन्दै बिषालु मन भएको भन्ने भिडियो कन्टेन्ट सेयर सेयर गरेर असहयोग गरेको भन्ने आरोपको पुष्टि गर्न आग्रह गरे । उनले प्रष्ट जवाफ नआएसम्म बैठकमा बोलिरहने र अघि बढ्न नदिने अडान राखे । 

harka

१८ महिनामा कुन कुन बिषयमा आफुले असहयोग गरेको हो भनेर मेयर साम्पाङसँग उनले माग गर्दै पुष्टि नभए स्टाटस खारेज गर्न आग्रह गरे । मेयर साम्पाङले भने बोलिसकेको कुरा फिर्ता नहुने भन्दै फोटो हटाएको बिषयमा उपमहानगरपालिकाको लेटरप्याड प्रयोग गरेर क्षमा मागेर असहयोग गरेको बताएका थिए । 

मेयर साम्पाङ र उपमेयर बेघाबीच बाँझाबाझ भएपनि वडाअध्यक्षहरुले पनि धारणा राखेका थिए । उनीहरुले धरानको कार्यपालिका बैठकको झगडा र विवादले बेइज्जत भइरहेको पनि बताएका थिए । उनीहरुले मेयर उपमेयरसँगै कार्यपालिकाका सबै जना मिलेर अघि बढ्न र अभिभावकीय भुमिका निर्वाह गर्न आग्रह गरेका थिए । बिहान ८ बजेको बैठक मेयर साम्पाङ र उपमेयर बेघाबीच आरोप प्रत्यारोप चलेर बैठक अघि बढ्न सकेन । अन्ततः मेयर साम्पाङले दिउँसो २ बजे बैठक पुनः बस्ने गरि स्थगित गरेका थिए । 

भिडियो:

भिडियो: