धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती अन्त्य हुनुपर्ने भन्दै आइतबार धरानबासीहरु सडकमा उत्रिएका छन् । 

धरान वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)को सक्रियतामा नगरबासीहरुले आइतबार शान्तिपुर्ण र्याली निकालेका हुन् । विगत दुई सातादेखि शिक्षक, कर्मचारीहरुको आन्दोलनले उपचार सेवा अवरुद्ध भएपछि नगरबासीहरुमा चर्को असन्तुष्टी छ । पठनपाठन पनि ठप्प हुँदा विद्यार्थीहरु पनि मारमा छन् । 

सर्वसुलभ उपचार सेवाबाट दैनिक हजारौं विरामीहरु बञ्चित भएपछि शनिबार पनि वडा अध्यक्ष राईले विज्ञप्ती जारी गर्दै उपचार सेवा सुचारु गर्न आग्रह गरेका थिए । उनकै पहलमा आइतबार वृहतरुपमा राष्ट्रिय झण्डासहित र्याली निकालिएको थियो । र्यालीमा सर्वसाधारणहरु, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधिहरु सहभागी थिए । 

bp rally3

धरान १८ स्थित वीपी प्रतिष्ठानको मुलगेटमा भेला भएर शुरु भएको र्याली डेन्टल गेट, शिवमार्ग, धनकुटे रोड, बुद्धचोक, रत्न चोक हुदै पुनः मेन गेटमा पुगेर खबरदारी सभामा परिणत भएको थियो । र्यालीको क्रममा विभिन्न नारा लेखिएको प्लेकार्डहरु पनि प्रर्दशन भएको थियो भने सहभागीहरुले प्रतिष्ठानलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न, उपचार सेवा सुचारु गर्न, आन्दोलनकारीको जायज माग पुरा गर्न नारा पनि लगाएका थिए ।

खबरदारी सभालाई सम्बोधन गर्दे मजदुर नेता भिम ज्वाला राई, सचेत धराने समुहका मनोज बस्नेत, वडा १८ का राजनीतिकर्मी एवं समाजसेवी अजय राईले प्रतिष्ठानलाई विभिन्न वहानामा अस्तब्यस्त बनाइरहेको भन्दै विरोध जनाए । उनीहरुले बढुवा हुनुपर्ने जाजय माग भएपनि उपचार सेवा र पठनपाठन ठप्प नगर्न आग्रह पनि गरेका थिए । प्रतिष्ठान धरानको मात्र नभएर राष्ट्रकै गहना र सम्पत्ति भएको तर अनावश्यक राजनीतिकरणले धरासायी हुदै गएकोप्रति उनीहरुले सरोकारवालाको ध्यानाकर्षण पनि गाए । 

be rally5

वडा नं १८ का अध्यक्ष राईले प्रतिष्ठान जोगाउने दायित्व धरानबासीहरुको पनि भएको र अब टुलुटुलु हेरेर नबस्ने बताए । उनले प्रतिष्ठानका गलत प्रवृत्तिलाई अन्त्य गर्न अब धरानबासीहरु जागेको उल्लेख गर्दे निरन्तर लागिपर्ने उनले बताए । प्रतिष्ठानमा हाजिर गरेर बाहिर डुल्ने काम चोर प्रवृत्ति भएका र गेटबाहिरका ल्याब, मेडिकलहरुमा लगानी गर्ने र विरामीलाई रिफर गर्ने विकृतिविरुद्ध भण्डाफोर गर्ने पनि उनले चेतावनी दिएका छन् । 

भिडियो:

भिडियो: