धरान: धरान १८ नम्बर वडा कार्यलयले आफ्नो वडाको फुटवल टिमलाई सोमवार खेलकुद समग्री प्रदान गरेको छ ।

वडाले गोधुली क्लवको आयोजनामा भइरहेको २४ औं वडा स्तरीय फुटवल प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई खेल सामग्री प्रदान गरेको हो । वडाले आफ्नै वडाको कार्यलयमा एक कार्यक्रमको आयोजना गरि खेल सामग्री प्रदान गरेको थियो । 

वडाले ४० हजार रुपैया वरावरको १८ थान जर्सी, २४ थान ट्रयाकसुट, १८ थान मोजा र १० थान फुटवल प्रदान गरेको हो । उक्त खेलकुद समग्री धरान १८ नं वडाका का.वा. अध्यक्ष जमुना त्रिखत्री मोक्तान, वडाध्यक्ष प्रविण राई, वडा सदस्य गिवन चाम्लिङ, कार्यलय सचिव धर्मराज पौडेल, समाजसेवी अजय राई लगायतले प्रदान गरेका थिए ।

१८ वडा टिमलाई हेम गुरुङले प्रशिक्षण गराईरहेका छन् । टिमको व्यवस्थापक भने किशोर केरुङ रहेका छन् । खेल सामग्रीसंगै का.वा. अध्यक्ष जमुना त्रिखत्रीले खेलाडीहरुलाई जितको सुभकामना दिएका थिए।