धरान: सुम्निमा–पारुहाङको प्रतिमाका लागि धरान–१३ का भारतीय  गोर्खा भुपू लाहुरे अनेरी सुबेदार मेजर देश बहादुर राई र श्रीमति राधा राईले आर्थिक सहयोग रकम प्रदान गरेका छन् ।

धरान–२० स्थित चिण्डे डाडामा किरातीहरुको आदिम पुर्खा सुम्निमा(पारुहाङको प्रतिमा निर्माणका लागी राईले नगद १ लाख ११ हजार १११ रुपैया प्रदान गरेका हुन् । धरानको साकेला सास्कृतिक पार्कमा शनिबार सम्पन्न किरात राई यायोक्खा सुनसरीको १८ औ वार्षिक साधारण सभा कार्यक्रमम राईले यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईलाई नगद रकम हस्तानतरण गरेका थिए । 

प्रतिमा निर्माण अभियानमा आफुले घोषणा गरेको सहयोग रकम हस्तानतरण गरेको सुबेदार राईले जानकारी दिए । किरात राई यायोक्खा धरान–१३ द्वारा आयोजित किराती नयाँ वर्ष यलम्बर सम्बत ५०८४ को अवसरमा आयोजित ‘शुभकामना आदान प्रदान कार्यक्रम’मा राईले उक्त रकम दिने घोषणा गरेका थिए । धरान उपमहानगरपालिकाले वडा नं २० चिण्डे डाँडामा सुम्निमा–पारुहाङ प्रतिमा निर्माण गर्ने निर्णय गरेको छ । 

उक्त अभियानमा यायोक्खा सुनसरीले साथ दिने र आर्थिक संकलन अभियान पनि शुरु गरेको अध्यक्ष राईले जानकारी दिए । यायोक्खाले संकलन गरेको सहयोग एकमुष्ठरुपमा पछि प्रतिमा निर्माण मुल समितिलाई हस्तान्तरण गरिने पनि उनले बताए । प्रतिमा निर्माण समितिमा यायोक्खाका अध्यक्ष राई सदस्य छन् भने कोषाध्यक्ष उपेन्द्र चाम्लिङ राई आर्थिक समिति सदस्य छन् । मेयर हर्क साम्पाङले नगरको बजेट विना नै देश विदेशबाट आर्थिक सहयोग जुटाएर प्रतिमा बनाउने योजना अघि बढाएका हुन् ।  

भिडियोः