धरान: तामाङ जातिको सोनाम ल्होछार २८६० को अवसरमा धरानमा वृहत साँस्कृतिक महोत्सव शुरु भएको छ । 

धरान १२ स्थित पब्लिक स्कुलको खेल मैदानमा महोत्सवको उद्घाटन मेयर हर्क साम्पाङले गरेका थिए । महोत्सव फागुन ५ गतेसम्म हुनेछ । नेपाल तामाङ घेदुङ धरान नगर समितिले आयोजना गरेको महोत्सवको उद्घाटन अघि तामाङ जातिहरु आफना भेषभुषा र डम्फु बजाउदै र्याली पनि निकालेका थिए । र्याली पब्लिक स्कुलबाट पुतलीलाइन, भानुचोक, छाताचोक हुदै पुनः पब्लिक स्कुल पुगेको थियो ।

मेयर साम्पाङ श्रमदानबाट सिधै धुलाम्मै र खुकुरी भिरेर कार्यक्रम स्थलमा आईपुगेका थिए । कार्यक्रको प्रमुख अतिथि रहेका साम्पाङले तामाङ सुमदायलाई शुभकामना दिदै भने “अन्नको विउ राखेर उत्सव मनाउने तामाङ समुदायको परम्पराले माटो छुनु पर्ने, विउ विजन र उब्जनीमा लाग्नु पर्ने सिकाउने रहेछ । हामीले माटो छुन छोड्यौ, उब्जिनी र कृषिमा लाग्न छोड्यौ भने हामीले हाम्रो संस्कृति भुल्नेछौ ।” मेयर साम्पाङ कृषि गर्नुपर्छ, केही न केही उत्पादन गर्नुपर्छ भन्ने उदेश्यले धनकुटे रोडमा गमलामा खोर्सानी रोपेको पनि बताए । उनले भने, “यो त मेरो साकेतिक कृषिकर्म हो ।”

sonam lohsar

सोनाम ल्होछार महोत्सव विगत बर्षहरुमा धरान १५ मा आयोजना गर्दै आएपनि यस पटक धरानलाई केन्द्रिकृत गर्दै पब्लिक स्कुलको खेल मैदानमा लगाएको अध्यक्ष सपन योञ्जनले जानकारी दिए । महोत्सवमा ८० वटा स्टलहरु रहेको छ । जसमा तामाङ जातिको संस्कार, संस्कृति झल्कने मौलिक घर साथै खानाको स्टलहरु पनि छ । स्थानिय उत्पादन, नर्सरी, होटल, फोटो पेन्टिङ प्रदर्शनी समेत रहेको छ । 

महोत्सवमा खेल मनोरञ्जनहरुमा पिङ, ड्रागन, मिकी माउस रहेको छ भने तामाङ जातिको डम्फु नाच रहेको छ । प्रत्येक दिन साँझ स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती पनि रहने आयोजकले जनाएको छ । कार्यक्रममा उपमेयर आईन्द्र विक्रम वेघा, नेपाली काँगे्रसका सभापति श्याम पोख्रेल, नेकपा एसका अध्यक्ष रेवतीरमण राई, जसपाका अध्यक्ष ताजुव लिम्बुको उपस्थित रहेको थियो । 

भिडियो: