धरान: सरकारको बजेट विना धरानका स्वतन्त्र महिला दिदीबहिनीहरुको अगुवाईमा बनेको एसडिबि रोज गार्डेनको बुधबार भव्य कार्यक्रमबीच उद्घाटन भएको छ । 

मेयर हर्क साम्पाङ र श्रीमति निर्मला लिम्बुले प्रणय दिवसको अवसर पारेर आयोजित भव्य कार्यक्रमबीच गार्डेनको बीचमा स्थापना गरिएको वाटर फाउण्टेनबाट पानी छोडेर उद्घाटन गरेका थिए । यस्तै, थुङ्से बोकेको दिदी र झोला बोकेको बहिनीको प्रतिमा पनि मेयर साम्पाङ र गार्डेन निर्माण समित अध्यक्ष गंगा लिम्बुले संयुक्तरुपमा अनावरण गरेका थिए । गार्डेनमा नै स्थापना गरिएको सेल्फी रोजको प्रतिमाको अनावरण भने उपमेयर अइन्द्र बिक्रम बेघाले गरेका थिए ।

rose garden4

गार्डेन उद्घाटनसँगै स्थानीय सरकारलाई हस्तान्तरण गरिएको पनि घोषणा गरिएको थियो । गार्डेन उद्घाटन समारोहमा सहभागी हुन बुधबार हजारौं धरानबासी तथा धरानबाहिरबाट श्रम सँस्कृति पार्क आएका थिए । तर कार्यक्रम भने दिउँसो ४ बजेमात्र शुरु भएको थियो । वाटर फाउण्टेनमा पानीको फोहोरासँगै विभिन्न रंगहरुको संयोजन हेर्न आकर्षक हुने भएकोले कार्यक्रम साँझलाई लक्षित गरेर आयोजना गरिएको थियो । 

मेयर साम्पाङले रोज गार्डेन बनाउन स्वतन्त्र दिदी बहिनी समुह गठन गरेर जिम्मा दिएका थिए । उनको परिकल्पनालाई स्वतन्त्र नागरिक समाजका प्रवक्ता रामप्रसाद राईले डिजाइन गरेर ५९ औं दिनमा यथार्थमा परिणत गरे । धरानका महिला दिदीबहिनीहरुले निर्माण समितिको नेतृत्वसँगै श्रमदान र आर्थिक सहयोग गरेर निर्माण कार्यलाई पुर्णता दिएका थिए ।

rose garden5

निर्माण समितिकी कोषाध्यक्ष विष्णु लिम्बुका अनुसार गार्डेन निर्माण गर्न देशविदेशबाट दाताहरुले २६ लाख ३० हजार बराबरको सहयोग गरेका छन् भने स्वतन्त्र दिदीबहिनीहरुले प्रतिमा बनाउन ४ लाख ४५ हजार संकलन गरेका थिए । गार्डेन निर्माणको क्रममा कुल ३१ लाख १९ हजार संकलन भएको कोषाध्यक्ष लिम्बुले जानकारी दिइन् । यस्तै, ३० लाख ४४ हजार खर्च भएको र ७५ हजार २३ रुपैया वचत भएको पनि उनले जानकारी दिइन् । बचत भएको रकम सुम्निमा पारुहाङ प्रतिमा बनाउन दत्तकुमार लिम्बुलाई हस्तान्तरण पनि गरिएको थियो । 

rose garden3

मेयर साम्पाङले गार्डेन उद्घाटन समारोहलाई सम्बोधन गर्दै चुलाचौकामा सिमित रहेको महिला दिदीबहिनीहरुलाई सक्रिय बनाउन गार्डेन निर्माणको जिम्मेवारी दिएको र सतप्रतिशत उर्तीण भएको बताए । उनले महिलाहरु अब राजनैतिकरुपमा पनि नेतृत्वमाम आउन आवश्यक भएको भन्दै महिलाहरुको युग शुरु हुनुपर्ने पनि उनले बताए । अब चाडै स्वतन्त्र दिदीबहिनीहरुको टिमलाई अर्को जिम्मेवारी पनि दिने सोच बनाएको मेयर साम्पाङले बताए । 

भिडियो:

भिडियो:

भिडियो: