धरान: कोशी प्रदेशकी सांसद यशोदा कायस्थले अहिले महिलाहरुको आवश्यकता उद्यमी बन्ने भएको बताएकी छिन् ।  

एभेरग्रीन व्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा भएको ४५ दिने ब्युटिपार्लर बेसिक तालिमको समापन समारोहलाई सम्बोधन गर्दै सांसद कायस्थले यस्तो धारणा राखेकी हुन् । 'परिवार आर्थिकरुपमा सबल बन्न श्रीमान र श्रीमति दुवैको आर्थिक उपार्जनको काम गर्नुपर्छ,' सांसद कायस्थले भनिन् । 

उद्ममी महिलाहरुका लागि काम गरेको अनुभव सुनाउदै सांसद कायस्थले पनि विभिन्न निकायमा बजेट माग गर्दा नपाएको पीडा खुलाइन् । 'म सासंद भए पछि महिलाहरुका लागि विभिन्न सिपमुलक तालिम र महिलाहरु आश्रित हुने संघसंस्थामा बजेट ल्याएको छु,' कायस्थले भनिन् । 

tranning1

महिला संजालका पुर्व अध्यक्ष शिला बज्राचार्यले महिलाहरु माथि हुने हिसाको कारण परनिर्भरता पनि भएको बताइन् । उनले आर्थिक रुपमा महिला कमजोर हुदा हिंसा बढ्ने धारणा राख्दै उनले तालिम लिएपछि व्यवसाय पनि शुरु गर्न शुभकामना व्यक्त गरिन् । पुर्व प्रदेश सांसद सावित्री जोशी, हातेमालो समुहका अध्यक्ष लिला ढकाल, समाजसेवी विद्या शाक्यको पनि उपस्थिति रहेको थियो ।

तालिम आयोजक सेन्टरकी संचालक पुष्पा श्रेष्ठले २४ जना दलित तथा विपन्न महिलाहरुलाई तालिम दिएको जानकारी दिइन् । विद्यार्थीहरुले १ जना बराबर २१ सय शुल्क तिरे पनि खर्च भने त्यो भन्दा बढी भएको उनले बताइन् । तालिम सञ्चालन गर्दा ७० हजार भन्दा बढि आफ्नो व्यक्तिगत खर्च नै भएको उनले बताइन् । 'तालिममा लाग्ने पार्लरको सामग्री, प्रशिक्षक शुल्क, हल भाडा तथा कार्यक्रम समापन सम्मको खर्च मैले व्यक्तिगत रुपमा गरेको हु,' संचालिका श्रेष्ठले भनिन् । 

tranning

पैसा अभावले सीप सिक्न चाहना भएकाहरु बञ्चित हुन नपरोस् साथै सीप सिकेर गरि खान्छु भन्ने महिलाहरुको आवाज सुनेर तालिम दिएको श्रेष्ठको भनाई छ । यस्ता विपन्न महिलाहरुका लागि वडा कार्यालयसँग  प्रस्ताव राखे पनि सुनवाइ नभएको उनको गुनासो छ ।  'हामीले सरकारलाई ४ ठाउँमा कर तिर्छौ तर हामीले माग राख्दा केही पनि सुनुवाई हुदैन, उनले भनिन्।  श्रेष्ठ विगत २४ बर्षदेखि निरन्तर पार्लर संचालन गरिरहेका छन् । उनले हालसम्म सशुल्क ५०० भन्दा बढिलाई वेसिक र एडभान्स तालिम दिईसकेकी छिन् भने पार्लरको सेवा पनि दिदै आएकी छिन् ।