धरान: दोस्रो मेजर श्रवणकुमार मेमोरियल बास्केटवल कपमा धरान १५ स्थित होलिल्याण्ड इन्टरनेशनल स्कुल लगातार दोस्रो पटक च्याम्पियन भएको छ । 

धरान १८ स्थित डिपोट स्कुलको बास्केटवल कोर्टमा आज (मंगलबार) सम्पन्न फाइनलमा प्रभात बोर्डिङ स्कुललाई ३८–२३ अंकको अन्तरले हराउदै होलिल्याण्ड च्याम्पियन बनेको हो । होलिल्याण्डले गत बर्ष पनि पहिलो सँस्कारको उपाधि जितेको थियो ।

होल्यिाण्डले रनिङ च्याम्पियन ट्रफीसँगै नगद १५ हजार, मेडल र प्रमाणपत्र हात परेको छ । उपविजेतामा सिमित रहेको प्रभातले नगद ७ हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको हाइस्कोररको पुरस्कार प्रभात स्कुलका लियोन राईले हात पारे । उनले खेल अवधिभर ८० स्कोर गरेका थिए । यस्तै, प्रतियोगिताको मोष्ट भ्यालुएवल खेलाडी होलिल्याण्डका पारस राई घोषित भए । दुवैले नगद, ट्रफी र प्रमाणपत्र पाएका छन् ।

holyland1

विजेता खेलाडीहरुलाई आयोजक डिपोट स्कुलका अध्यक्ष अमरबहादुर लिम्बु, प्रमुख अतिथि एवं कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत, डिपोट स्कुलका प्रिन्सिपल राजकुमार राई, सुनसरी जिल्ला बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलगायतले पुरस्कार वितरण गरेका थिए । 

डिपोट स्कुललाई वर्तमान अवस्थासम्म ल्याउन  महत्वपुर्ण योगदान पुर्याएका बेलायती सेनाका पुर्वगोर्खा मेजर श्रवणकुमार लिम्बुको २०७८ साउन ९ गते निधन भएको थियो । उनको स्मृतिमा डिपोट स्कुल र परिवारले सहकार्य गरेर गत बर्षदेखि बास्केटवल प्रतियोगिता शुरु गरेको हो ।

भिडियो: