धरान: युकेबाट आएको ब्रिटिस गोर्खा सैनिक २३ प्यारासुट इन्जिनियर रेजिमेन्ट र धरान बास्केटवल टिमबीच आइतबार मैत्रीपुर्ण बास्केटवल खेल भएको छ । 

धरान १८ स्थित डिपोट स्कुलको बास्केटवल कोर्टमा भएको मैत्रीपुर्ण खेलमा ६६( २९ स्कोरको अन्तरले धरानको टिमले जित हासिल गरेको थियो । खेलमा धरानले प्रत्येक क्वार्टरमा १५,१३,३० र ८ स्कोर गरेको थियो भने प्यारासुट रेजिमेन्टले ७, ४, १२ र ६ स्कोर गरेको थियो । पुर्व ब्रिटिस गोर्खा सैनिक परिवारको बाक्लो बसोबास रहेको धरान र धरानेहरुसंग आपसी भाइचारा अभिवृद्धि गर्नका लागि मैत्रिपुर्ण बास्केटवल खेल आयोजना गरिएको हो । 

basket1 1

धरान ११ निवासी क्याप्टेन नविन राईको नेतृत्वमा इन्जिनियर रेजिमेन्ट टिम मैत्रीपुर्ण खेलको लागि आएको हो । बेलायतमै जन्मिएका तेस्रो पुस्ताका नेपाली गोर्खा सैनिकहरुसँगै बेलायती नागरिक पनि टिममा सहभागी थिए । खेलाडीकोरुपमा डव्लुओटु कोलिन किसन, एसएसजिटि उज्वल गुरुङ, सिपिएल प्रवेश राई, सिपिएल सुमन राई, सिपिएल भुवन थापा, एसपिइ व्रिजेस तुम्वाहाम्फे, पिटिइ ओवेद लिम्वु, एलसिपिएल सेनाङ राई, एलसिपिएल समाक लिम्वु र एलसिपिएल व्लियम लेमनल धरान आएका थिए ।

basket2

धरानबाट प्रदेश १ टिम क्याप्टेन विवेक श्रेष्ठको नेतृत्वमा धरान बास्केटवल टिमबाट कविन मगर, सर्वधन राई, दिवस राई, सुसन श्रेष्ठ, सुजन राई, गौरव ओझा, साहिल तामाङ, योगेश राई, युवा राई, प्रथम राई र सुरज योन्जन खेलेका थिए । 

मैत्रीपुर्ण खेलको उद्घाटन समारोह वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)को अध्यक्षतामा र डिपोट स्कुलका व्यवस्थापन समिति अध्यक्ष अम्बरबहादुर लिम्बुको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा धरान रनका संस्थापक सन्तोष राईलाई सम्मान पनि गरिएको थियो । साथै, धरान १० के रनमा वडाअध्यक्षहरुमा प्रथम भएका वडा १० का अध्यक्ष विवेक राईलाई धरान रनले रनिङ शिल्ड पनि प्रदान गरेको थियो । कार्यक्रममा पुर्वनगर प्रमुख तिलक राई, ब्रिटिश गोर्खा आर्मी क्याप्टेन नविन राई, जिल्ला बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले पनि मन्तव्य व्यक्त गरेका थिए । 


basket3

भिडियो: