धरान: सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको ‘धरान एक्स्पो–२०८०’ मा दिनभर प्रवेश शुल्क नलाग्ने आयोजकले जनाएको छ । 

एक्स्पो आयोजकका अनुसार बेलुका ४ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार व्यापार, व्यवसाय तथा उद्योगहरुको उत्पादन प्रर्वद्धन गर्ने उद्देश्यले आयोजिन एक्स्पोमा दिनभरि अवलोकन गर्न आउनेलाई प्रवेश शुल्क लाग्दैन ।

साँझमा भने राष्ट्रियस्तरका कलाकार तथा सांगीतिक ब्याण्डहरु आउने भएकोले ५ बजेदेखि प्रवेश शुल्क लाग्ने गरेको संयोजक श्रेष्ठले बताए । उनले भने, ‘साँझ मनोरञ्जनात्मक कार्यक्रमहरु हुन्छ, राष्ट्रिय कलाकारहरु आउने भएकोले ५ बजेदेखि शुल्क लाग्छ ।’ एक्स्पोमा सवारी साधनलाई निःशुल्क पार्किङको व्यवस्था गरिएको आयोजकको भनाई छ ।

expo1 1

धरान १६ स्थित रंगशालाको दक्षिणी मैदानमा फागुन ११ गतेदेखि एक्स्पो शुरु भएको हो । एस्क्पोमा अवलोकन गर्न आउनेहरुलाई मनोरञ्जनको लागी सेल्फी जोन, बालबालिकाहरुको लागि किड्स जोन साथै रोटेपिङ, नाउ, जिप लाइनलगायतका मनोरञ्जनका खेल सामग्रीहरुको पनि राखिएको छ भने प्रत्येक साँझ राष्ट्रिय तथा स्थानीय कलाकाहरुको कन्सर्ट पनि हुने गरेको छ ।