सुनसरी: पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको असफलताको कारण देशमा अराजकता बढेको बताएका छन् ।

एमाले जिल्ला कमिटी सुनसरीको आयोजनामा आज इनरुवामा भएको बृहत कार्यकता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले सरकारको असफलताले देशमा बिभिन्न खालको अराजकता बढेको बताउदै प्रतिक्रियावादी शक्तिहरुर मौका पर्खेर बसेको बताए । ‘सरकाको असफलताले गर्दा प्रतिकृयाबादी शक्तीहरु उत्साहित छन्’ अध्यक्ष ओलीले भने, ’हाम्रो पो पालो आउछ कि भनेर मौका हेरेर बसेका छन् ।’

उनले सरकारको असफलताले देश नै असफलता तिर धकेली रहेको बताउदै अब एमालेले जोगाउनु पर्ने बेला आएको दाबी गरे । ‘सरकार असफल छ भनेको यसको परिणाम राम्रो आउँदैन, त्यसैले सरकार असफल छ’उनले भने ’देशको राजनीतिअसफलतातिर, देशको अर्थतन्त्र असफल देखियो, समाजमा अराजकता छ उताउलो आफ्नो धर्म सस्कार सस्कृति बिर्सिएर मनपरी गरेको छ, अब यी सबै कुराहरुलाई एमालेले समाधान दिनुपर्ने बेला आएको छ ।’ उनले जनतामा निराशा पैदा भएको  बताउदै जनताको निराशा आक्रोशमा बद्लिन सक्ने खतरा रहेकोले बेलैमा सजग हुनुपर्ने बताए । 

अध्यक्ष ओलीले पार्टी सिध्याउन केही शक्तिहरु लागे पनि सबै मिलेर असफल तुल्याएको भन्दै कार्यकतालाई धन्यवाद दिए । एमालेविरुद्ध बिभिन्न षड्यन्त्र भैरहेकोले त्यसलाई चिर्नको लागि मिसन ग्रासरुट, झुलाघाट(चिवाभन्ज्याङ समृद्धि यात्रा र मिसन ८४ अभियान चलाएको बताए । आगामी २०८४ को निर्बाचनमा एमाले दुई तिहाइ बहुमत ल्याउने पनि अध्यक्ष ओलीले दाबी गरे । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी एमालेमा प्रबेश गर्नेहरुलाई स्वागत गरिएको थियो । अध्यक्ष ओलीले आजै बिहान इटहरी ४ स्थित कचना बुढीगंगा महादेव माध्यमिक विद्यालयको उद्घाटन समेत गरेका थिए ।