धरान: मृगौलामा समस्या देखिएर उपचार गराइरहेका गायक नवराम राईलाई धरान १७ समाज हङकङका अध्यक्ष मधुकुमार राईले नगद ५ हजार रुपैया सहयोग गरेका छन् ।

धरान १७ निवासी राई हाल धरान आएका छन् । उनले विपि स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका गायक राईलाई अस्पतालमा नै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् । सामाजिक सञ्जालमा गायक राईको अवस्था बारेमा थाहा पाएपछि तत्काल व्यक्तिगतरुपमा उक्त सहयोग गरेको बताए । 

nawaram1

धरान १७ नम्बर वडावासी समेत रहेका राईको उपचारको लागि संस्थागत रुपमा धरान १७ समाज हङकङले सहयोग अभियान चलाउन पनि उनले बताए। हाल ११ नं वडा स्थित रिटिङमा वस्दै आएका गायक राई एक हप्ता देखि विपि अस्पतालमा उपचार गराई रहेका छन् । उनको दुवै मृगौलामा समस्या देखिएको छ । 

डाक्टरका अनुसार तीन पटक डायलासिस गरे पछि थप अवस्थाबारे जानकारी हुनेछ । राईलाई थप उपचारको लागि आर्थिक समस्या रहेको छ । उपचारको लागि बाहिर जानुपरेमा पैसा नभएको उनले बताए । उनले सहयोगका लागि संचारमाध्यमबाट साथीभाई, इष्टमित्रहरुलाई आग्रह पनि गरेका छन् । लामो समय संगीत क्षेत्रमा लागेका उनले करिब डेढ दर्जन गीत आफैले गाएका छन् भने अन्यमा संगीत पनि भरेका छन् ।