धरानः सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भएको १३ दिने ‘धरान एक्स्पो २०८०’ समापन भएको छ । 

फागुन ११ गतेदेखि शुरु भएको एक्स्पोको बुधबार एक समारोहबीच कोशी प्रदेशका सांसद रमेश बस्नेतको प्रमखु आतिथ्यमा समापन गरिएको हो ।  प्रमखु अतिथी बस्नेतले स्थानीय उत्पादनलाई प्राथमिकता दिएर यस क्षेत्रको आर्थिक विकासमा भुमिका खेलेको र उक्त भुमिकालाई कसैले विर्सन नहुने बताए । धरानका उपमेयरअईन्द्र विक्रम बेघाले पनि एक्स्पोले आर्थिक गतिविधि बढाउने मद्दत गर्ने भएकोले स्थानीय सरकारले साथ दिने बताए । 

expo

धरान १६ स्थित रंगशालामा भएको एक्स्पोमा ५ लाख दर्शकले अवलोकन गरेको आयोजकको दाबी छ । यस्तै, करिब १२ करोड बराबरको कारोबार भएको पनि आयोजक संघले जनाएको छ । एक्स्पो मूल आयोजक समितिका संयोजक गोपाल श्रेष्ठले दर्शक र कारोबारको लक्ष्य पुरा गरेको भन्दै खुशी व्यक्त गरे । पछिल्लो समय व्यापार, व्यवसायले संकटको सामना गर्नुपरिरहेको बेला एक्स्पोले बजारलाई चलायमान बनाउन मद्दत गरेको श्रेष्ठको भनाई छ । संघका अध्यक्ष विजय श्रेष्ठले पनि स्थानीय उत्पादनलाई एक्स्पोले प्रर्वद्धन गर्न सफल भएको जिकिर गरे । 

expo1

एक्स्पोमा सूचना प्रविधि, कृषि, हस्तकला, फ्लोरिकल्चर, गार्मेन्ट, खाद्यान्नसँगै र स्थानीय उत्पादनहरुको स्टल रहेको थियो । एक्स्पोमा भारत, बंग्लादेश र पाकिस्तानका गरी एक सय २३ स्टलहरु रहेका थिए । एक्स्पोलाई मनोरञ्जनात्मक बनाउन नृत्य प्रतियोगिता आयोजना गरिएको थियो भने ख्याति प्राप्त गायक गायिकाहरुको साङ्गीतिक कार्यक्रम पनि भएको थियो । यस्तै, एक्स्पो अवधिभर ‘स्वरोजगार तालिम’ र ‘पर्यटन गोष्ठी’ पनि आयोजना गरिएको थियो ।