धरान: बुढासुब्बा गोल्डकपमा पाँच पटकको विजेता र ६ पटक उपविजेता रहेको नेपाल पुलिस क्लबलाई २४ औं सँस्करण भने सुखद रहेन । 

धरान १६ स्थित रंगशालामा सोमबार भएको तेस्रो क्वार्टरफाइनलमा मोरङ जिल्ला फुटबल संघसँग ३–० ले पराजित बन्यो । खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भने आक्रामक उत्रिएको मोरङका महेन्द्र कार्की, उमेश कार्की र शुशिल राईले गोल गरे ।

पहिलो गोल खेलको ७० औं मिनेटमा महेन्द्र कार्कीले हेडमार्फत गरे । उनले सिमन लिम्बुको फ्रिकिक प्रहारलाई सुदपयोग गर्दै हेडमार्फ गोल गरेका थिए । दोस्रो गोल ७८ औं मिनेटमा पेनाल्टीमार्फत उमेश कार्कीले गरेका थिए । मोरङका खेलाडी मौषम लिम्बुलाई डिबक्सभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । तेस्रो गोल भने शुशिल राईले इञ्जुरी समयमा गरेका थिए । 

जितसँगै मोरङले बुधबार पहिलो सेमीफाइनलमा आयोजक धरानको चुनौती सामना गर्नुपर्नेछ । धरानले उद्घाटन खेलमा युकेएफसी भारतलाई सडन डेथमा पराजित गर्दै सेमीफाइनल प्रवेश गरिसकेको छ । दोस्रो हाफको इञ्जुरी समयमा झगडा गर्दा रेफ्रीले पुलिसका हेमन्त श्रेष्ठलाई रेड कार्ड देखाउदै मैदान बाहिर पठाएपछि १० जना खेलाडीमा सिमित भएको थियो ।

खेलको म्यान अफ दि म्याच मोरङका उमेश कार्की घोषित हुदै नगद १० हजार, ट्रफी र टिसर्ट पुरस्कार हात पारे । प्रतियोगितमा मंगलबार चर्च ब्वाइज युनाइटेड काठमाण्डौं र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाबीच अन्तिम क्वार्टरफाइनल खेल हुने आयोजक धरान फुटबल क्लबले जानकारी दिएको छ ।

police vs morang3

police vs morang4

police vs morang1

police vs morang2