धरान: २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगितामा त्रिभुवन आर्मीलाई हराउदै एनआरटि क्लब सेमीफाइनल प्रवेश गरेको छ । 

धरान १६ स्थित रंगशालामा आइतबार सम्पन्न भएको खेलमा आर्मीलाई २–१ ले हराउदै सेमीफाइनलमा स्थान बनाएको हो । पहिलो हाफको चौथो मिनेटमै आर्मीले अग्रता लिएको थियो । मान बहादुर आले मगरले हेडमार्फत गोल गरेका थिए । तर तेह्रौ मिनेटमा शिशिर लेखीले गोल फर्काएपछि खेल बराबरी भएको थियो । 

भिडियो:

दोस्रो हाफको ६१ औं मिनेटमा अफिज ओलावलेले निर्णायक गोल गरेपछि एनआरटिले सेमीफाइनलमा स्थान बनायो । खेलको म्यान अफ दि म्याच एनआरटिका शिशिर लेखी घोषित भए । उनले नगद १० हजार र ट्रफी पाए । प्रतियोगितामा सोमबार पाँच पटकको विजेता नेपाल पुलिस क्लब र मोरङ फुटबल संघबीच तेस्रो क्वार्टरफाइनल खेल हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ ।

busu nrt5

busu nrt3

busu nrt4

busu nrt1

busu nrt

busu nrt2