धरान: खोलाबाट नदीजन्य पदार्थ निकासी गर्न पाउनुपर्ने माग गर्दै धरानका ट्याक्टर व्यवसायीहरुले बुधबार उपमहानगरपालिका परिसर र सडकमा ट्याक्टर तेस्र्याएका छन् । 

ट्याक्टरले उपमहानगरपालिकाको मेनगेट पनि थुनिएको छ भने चतरालाइन सडकमा पनि ट्याक्टर राख्दा सवारी आवागमन असहज भएको छ । दमकल कतै जानुपरेमा मात्र मेनगेटको ट्याक्टर हटाउने गरि सहजीकरण गर्ने ट्याक्टर व्यवसायी संघका अध्यक्ष बिक्रम तामाङले बताए । व्यवसायीहरुले दिउँसो करिब साढे १२ बजेदेखि ट्याक्टर उपमहानगरपालिका र चतरालाइन सकडमा ल्याएर राखेका हुन् । उनीहरुले राती पनि धर्नामा बस्ने बताएका छन् ।

tactor1

मेयरमा हर्क साम्पाङ निवार्चित भएर आएदेखि धरानको खोलाहरु सर्दु, सेउतीलगायतबाट नदीजन्य पदार्थ निकासी गर्न ठेक्का लगाइएको छैन । कार्यपालिका बैठकले पनि खोला ठेक्का नलगाउने तर नगरको विकास निर्माणमा आवश्यक पर्दा मापदण्ड वमोजिम नगर आफैले ढुंगा, मिक्सगिट्टीलगायत झिकेर प्रयोग गर्ने निर्णय गरेको छ । यो निर्णयले ट्याक्टर व्यवसायीहरु गरिखान नपाएको भन्दै राजश्व तिरेर निकासी गर्न पाउनुपर्ने माग गर्दै आएका छन् । 

tactor

धरानका मेयर हर्क साम्पाङ भने नदीजन्य पदार्थ ठेक्का लगाएर वा निजी क्षेत्रलाई उत्खनन् गर्न दिएर निकासी नगर्ने पक्षमा छन् । जथाभावी नदीजन्य पदार्थ झिक्का पहिरो गएर धनजनको क्षति हुने, प्रकृति विनास हुने उनको भनाई छ । मंगलबार (हिजो) मेयर साम्पाङलाई भेट्न पुगेका ट्याक्टर व्यवसायीहरुलाई माग तत्काल पुरा गर्न नसक्ने जवाफ दिएपछि आजदेखि आन्दोलनमा उत्रिएका हुन् ।

भिडियो:

भिडियो: