धरानः नदीजन्य पदार्थ निकासी गर्न दिनेबारे अध्ययन गराएर कार्यपालिका बैठकमा पेश गर्ने सहमति पछि ट्याक्टर व्यावसायीहरुको आन्दोलन फिर्ता भएको छ । 

बिहिबार मेयर हर्क साम्पाङसँग भएको वार्तामा यथासीघ्र वातावरणीय प्रभावबारे अध्ययन गराउने र निकासीको सम्भावना देखिएमा कार्यपालिका बैठकमा प्रस्ताव पेश गर्ने सहमति भएको थियो । यो सहमति मौखिक भएको छ भने अध्ययन कहिलेसम्म गराउने भनेर निश्चित मिति तोकिएको छैन । यो सहमति पछि बिहिबार नै उपमहानगरपालिका परिसर र सडकबाट ट्याक्टर फिर्ता लगेका छन् । 

tractor

व्यवसायीहरुले राजश्व तिरेर खोलाबाट नदीजन्य पदार्थ निकासी गर्न पाउनुपर्ने माग गर्दै बुधबार दिउँसोदेखि उपमहानगर परिसर र सडकमा ट्याक्टर राखेर आन्दोलनमा उत्रिएका थिए । उनीहरुले बुधबार रातभर पनि उपमहानगर परिसरमा नै धर्ना दिएका थिए । बिहिबार पनि दिनभर नै ट्याक्टर व्यवसायी र मजदुरहरुले उपमहानगरपालिकाको मेन गेटमा नै बेल्चा पनि प्रर्दशन गर्दै धर्ना दिएका थिए ।

भिडियो:

भिडियो: