धरान: घाँटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको अवस्थामा भेटिएकी धरान १६, लोकतान्त्रिक मार्गकी सुमना श्रेष्ठ मंगलबार बेलुकी साथीको फोन आएको भन्दै घरबाट निस्किएको खुलेको छ । 

मृतकका परिवारजनका अनुसार करिब ५ बजेतिर फोन आएपछि सुमना साथी भेट्न भन्दै निस्केकी थिइन् । घरबाट हिडेपछि उनी नफर्केको र राती ९ बजे, ११ बजे म साथीकोमा छु, यतै बस्छु भनेर दिदीलाई मेजेन्सरमा मेसेज गरेको पाइएको छ । अरु बेला पनि साथीकोमा बस्ने गरेको कारण सुमनाका परिवार ढुक्क भएका थिए । तर, बुधबार साँझ भने एक्कासी विभत्स हत्या भएको खबरले परिवारजन स्तब्ध भएको थियो । 

मृतक सुमनाककी दिदीका अनुसार फोन आएपछि कल्याण चोकमा साथी भेट्न गएको भन्दै घरबाट निस्किएकी थिइन् । सुमना शारदा नमुना बालिका स्कुलमा कक्षा १२ मा अध्ययनरत थिइन् । पढाई सँगै उनी क्याट्रीनमा काम पनि गर्थिन् । उनका बुबा महेन्द्र श्रेष्ठ चालक छन् । सुमना उनको जेठी श्रीमतितर्फकी छोरी हुन् । दोस्रो बिवाह गरेपनि उनीहरु एकै ठाउँमा मिलेर बसेका छन् ।

sumana1

मृतक सुमनाको शव पोष्टमार्टम गरेपछि आजै (बिहिबार) अन्त्येष्टी पनि गरिएको छ । मृतक परिवार क्रिष्टियन धर्ममा आस्था राख्ने भएकोले सोही धर्मको विधि अनुसार अन्त्येष्टी गरिएको हो ।

प्रहरीले सुमनाको हत्यामा संलग्नको खोजी तीब्र पारेको छ । हत्यामा संलग्नको पहिचान भइसकेको बताएपनि अहिलेसम्म कोही पनि पक्राउ परेको भने छैन । यद्यपी, प्रहरीले हत्याराको पहिचान भइसकेको र चाडै पक्राउ पर्ने बताउदै आएको छ । ईलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक रञ्जन मिश्रले घटनाको अनुसन्धान र संलग्नको खोजी कार्य जारी गरेको बताए । 

भिडियो: