धरान: चर्चित गायक नवराम राईको उपचारका लागि हाल युकेमा बसोबास गरिरहेका धरान १७ र १८ हाम्रो रत्नचोक परिवारले आर्थिक सहयोग गरेको छ । 
गायक राईलाई २ लाख ३६ हजार ५ सय ६० रुपैया सहयोग गरेको हो । हाम्रो रत्नचोक परिवार समाज अध्यक्ष उद्धव राई, धरान १८ न. वडाध्यक्ष तथा समाजका सल्लाहकार नरेन्द्रकुमार राई (प्रविण), सल्लाहकार वालकुमार राई, उपाध्यक्ष तारा राई, शुक्र राई, सचिव नविन राई लगायतले गायक राईकै घरमा पुगेर रकम हस्तान्तरण गरेका छन्।
सहयोग रकम रत्नचोक निवासी हाल युके बसोबास गरिहेका पदम राईको नेतृत्वमा संकलन गरि नेपाल पठाएको हो । लामो समय धरान १७ रत्नचौक बसेका गायक राई हाल ११ नं वडास्थित रिटिङमा बस्दै आएका छन् । राईको दुवै मृगौलामा समस्या देखिएको छ। गायक राईले डायलासिस गराइरहेका छन् । 
राईलाई थप उपचारको लागि आर्थिक समस्या भएकोले सहयोग संकलन भइरहेको छ । लामो समय संगीत क्षेत्रमा बिताएका राईले डेढ दर्जन गीत गाएका छन् भने संगीत पनि भरेका छन ।
                    
		
                                        
                                                                                                
		


		
		
		
		



