धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले सामाजिक सञ्जालमा भ्रामक किसिमका अभिव्यक्तिहरुको कारण शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै त्यस्ता पोष्टहरु नगर्न अनुरोध गरेको छ । 

सुनसरीका का.मु.प्रमुख जिल्ला अधिकारी वेदराज फुँयालले शुक्रबार साँझ अपिल जारी गर्दै धार्मिक, साँस्कृतिक तथा जातीय तथा सामाजिक सद्भाव खलल पुर्याउने किसिमका अभिव्यक्ति तथा सामग्रीहरु सामाजिक सञ्जालमा पोष्ट नगर्न अनुरोध गरेका हुन् । 

प्रशासनले सामाजिक सञ्जालको दुरुपयोग गरि सामाजिक सद्भावमा खलल पुर्याउने, धार्मिक, साँस्कृतिक तथा जातीय द्धन्द निम्त्याउने प्रकारका गतिविधि र क्रियाकलापहरु गरेको पाइएमा त्यस्ता व्यक्तिहरुको निगरानी गरेर प्रचलित कानुन वमोजिम कारबाही गर्ने पनि अपिलमा उल्लेख छ । 

sunsari1