धरान: धरान–१५ स्थित च्याम्पियन सेकेण्डरी स्कुलमा विद्यार्थीहरुलाई विद्यालय शिक्षासंगै व्यावहारिक शिक्षा प्रदान गरिने भएको छ ।

स्कुलले आइतबार पत्रकार सम्मेलन गर्दै देशमा जिम्मेवार नागरिक बनाउन विद्यालय शिक्षासंगै विशेष कक्षा सञ्चालन गरेर विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान पनि प्रदान गर्ने जनाएको हो । विद्यालयले नयां शैक्षिक सत्र सुचारु भएसँगै विद्यार्थीहरुलाई सृजना उन्मुख बनाउन प्लाम्बिङ्ग, इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल्स, प्राविधिक धार अन्र्तगत आधारभुत ईन्जिनियरीङ कक्षा साथै आधुनिक कृषि र पशुपालन फेसन डिजाईन ,पोषण विज्ञानसग सम्बन्धित शिक्षा प्रदान गरिने जानकारी दिएको छ। 

च्यापियन स्कुलका अध्यक्ष नेत्र सुबेदीले होटल व्यवस्थापन र सत्कार व्यवस्थापन फेसन डिजाइनिङ, पोषण विज्ञान, कृषि तथा पशुपालन लगायत विषयमा आउदो शैक्षिक सत्रबाट विशेष कक्षा सुरु गरिने बताए । उनले कृषि र पशुपालन सम्बन्धी तालिमका लागि शिक्षालयले बिराटनगर स्थित कृषि फर्मलाई प्रयोगशाला प्रयोग हुने र ईन्जीयरिङ लगायतको शिक्षा च्यापियन स्कुलमै प्रदान गरिने समेत जानकारी दिए ।

उनले विद्यालय पाठ्यक्रमले समेट्न नसकेका केही विषयहरुमा कक्षा सुरु गर्न लागिएको बताउर्दै यसले विद्यार्थीहरुमा केही आयमुलक तथा व्यावहारिक ज्ञान सिकाईमा ठुलो सहयोग पुग्ने बताए । युवाहरुमा बैदेशिक रोजगार मोह बढेको बताउर्दै यसलाई रोक्नको लागि पनि विद्यालयहरुले प्राविधिक ज्ञान दिनुमा जोड दिनुपर्ने बताए ।

 यस्ता विषयहरुले विद्यालयको शैक्षिक गुणस्तरमा समेत बृद्धि हुने बताउर्दै विद्यालयरले पहिलो पटक कक्षा सुरु गर्न लागेको पनि सुवेदीले बताए । नेपालको औपाचारीक शिक्षालाई अझ व्यवहारिक, अझ सान्दर्भिक, अझ वैज्ञानिक / प्राविधिक तथा अझ गुणस्तरिय बनाउदै शिक्षालयको पहिचान र सान्दर्भिकता त्यसको शैक्षिक गुणस्तरीय बनाउन व्यवहारीक शिक्षा प्रदान गरिने अध्यक्ष सुवेदीले बताए।