धरान: महाकुम्भमा तीर्थालु भक्तजनहरुलाई सहयोग गरेको कदर स्वरुप नेपाली कांग्रेस र नेवार एकता समाजलाई सम्मान गरिएको छ।
बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भमा नेपाली कांग्रेसले तिर्थालु भक्तजनहरुको स्वास्थ्यलाई ध्यानमा राखेर धरानस्थित पिण्डेश्वर बाबाधाम परिसरमा निःशुल्क हेल्थ डेस्क सञ्चालन गरेको थियो । कांग्रेसले महाकुम्भ अवधिभर एक महिना नै हेल्थ डेस्क राखेको थियो ।
यस्तै, नेवार एकता समाजले पिण्डेश्वर बाबाधाम परिसरमा नै भक्तजनहरुलाई निःशुल्क पिउने पानी वितरणको प्रबन्ध गरेको थियो । दुवै संस्थाहरुको योगदानलाई उच्च कदर गर्दै सम्मान गरिएको बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिका सह–अध्यक्ष तथा बराहक्षेत्र नगर प्रमुख रमेश कार्कीले बताए ।
उक्त सम्मान पत्र नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्र नं. १, सुनसरीका क्षेत्रीय सभापति सुजेन्द्र तामाङ र नेवार एकता समाजका अध्यक्ष महेश श्रेष्ठले ग्रहण गरेका थिए । उनीहरुलाई मूल आयोजक समितिका अध्यक्ष एवं जगदगुरु श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीले सम्मान–पत्र प्रदान गरेका थिए भने दोसल्ला ओढाएका थिए ।
सम्मान ग्रहण गर्दै क्षेत्रीय सभापति तामाङ र अध्यक्ष श्रेष्ठले सामाजिक तथा मानवीय सेवामा पु¥याएको योगदानको मूल्यांकन भएको भन्दै खुशी व्यक्त गरे ।सो अवसरमा प्रदेश सांसद मा. ममता तामाङ, बराहक्षेत्र नगर प्रमुख रमेश कार्की, नेपाली कांग्रेसका प्रदेशसभा १(१) कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, बराहक्षेत्र–२ का सभापति अमर कटवाल लगायतका नेताहरको उपस्थिति रहेको थियो ।
                    
		
                                        
                                                                                                
		


		
		
		
		



