धरानः श्री महाकाली वाइनको प्रमुख उत्पादन डिभाइन वाइनले आईसीसी टी(२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत नेपालका खेलहरुमा खसेको प्रत्येक डट बलमा १० वटा बिरुवाहरु रोप्ने भएको छ । 

खेलकुदलाई प्रकृतिसँग सहकार्य गराउने उद्देश्यले वाइनले यो निणर्य गरेको जनाएको छ । जेठ १९ देखि विश्वकप सुरु भएको छ । शुरुवाती चरणमा नेपालले ४ वटा खेलहरु खेल्ने छन् । जसमा पहिलो खेल नेदरल्याण्ड, दोस्रो श्रीलंका, तेस्रो साउथ अफ्रिका र चौथो बंगलादेशसंग खेल्नेछन् । यी प्रत्येक खेलमा खसेको डट बलमा हरेक बल बराबर १० वटा बिरुवाहरु रोपिने कम्पनीले जनाएको छ ।

सोही निर्णय अन्तर्गत रहेर जेठ २२ गते हुने नेपाल र नेदरल्याड बिचको खेलमा खसेको डट बलहरुको आधारमा आएको संख्या बराबरको बिरुवाहरु धरानका मेयर हर्क साम्पाङ्ग राईको अभियानलाई प्रदान गरिने भएको छ।