धरान: राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको आयोजनामा धरानका सौन्दर्यकलाकर्मीहरुको भेला सम्पन्न भएको छ । 

निसुम्मा ब्युटी पार्लरमा भएको भेला सौन्दर्यकलाकर्मीहरुको हकहित तथा पेशामा आवद्ध श्रमिकहरुको क्षमता अभिवृद्धि गर्नका लागि संगठित गर्ने उदेश्यले भएको केन्द्रीय सचिव सुजना जोशीले बताइन् । जिफन्ट निकट रहेको नाबुन भित्र आवद्ध भएका ब्युटिसियनहरुको पेशागत संरक्षणका लागि सधै जिफन्ट साथमा रहने जिफन्ट नगर कमिटि अध्यक्ष शमशेर बर्देवाले बताए । 

सौन्दर्यकर्मीहरुको भेलाले ९ सदस्यीय नगर कमिटी पनि चयन गरेको छ । उक्त कमिटी नरमाया तामाङको अध्यक्षतामा गठन भएको छ । कमिटी उपाध्यक्षमा रिना बस्नेत र सचिवमा मधुमया तामाङ चुनिएकी छिन् । यस्तै, सहसचिवमा ईशा बिक छिन् भने आर्थिक सचिवमा पुजा नेपाली छिन् । 

beauty1

कमिटिको सदस्यहरुमा जेनि राई, सीता विक, लक्ष्मि तामाङ र लक्ष्मि खड्का रहेकी छिन् । नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण केन्द्रीय कमिटिका संयोजक पम्फा पहारीले गराएकी थिइन् । नाबुनका सचिवालय सदस्य ममता प्रधानले नयाँ कमिटि गठनमा सहजीकरण गरेकी थिइन् । 

कार्यक्रमको अध्यक्षता निसुम्मा ब्युटिपार्लरका संचालक तथा नाबुनका नगर कमिटि अध्यक्ष विष्णु लिम्बुले गरेकी थिईन् भने कार्यक्रम संचालन नाबुनका सदस्य गंगा तामाङले गरेकी थिइन् ।