धरान: धरान ५ देउराली स्थित डीपी बिलिभर्स इङ्गलिस स्कुलमा एक दिने प्रजनन स्वास्थ्य तथा मासिक धर्म स्वच्छता सम्बन्धि जनचेतना सेमिनार सम्पन्न भएको छ । 

स्कुलका प्राचार्य सञ्जिव बान्तवाको अध्यक्षतामा भएको सेमिनारमा कक्षा ७ देखि १० सम्मका विद्यार्थी र शिक्षकहरुले सहभागिता जनाएका थिए । सेमिनारमा सहजकर्ताको रुपमा रहेका बिराट हेल्थ इष्ड्रष्ट्रिका स्वास्थ्य सहायकहरू रानी कार्की,  स्वेता मल्लिक, स्नेह गुवजु र सुनिता पेश्कर्मले विद्यार्थीहरुलाई प्रजनन स्वास्थ्य तथा मासिक धर्म स्वच्छताबारेमा जानकारी र अन्तरक्रिया गराएका थिए । 

Dp

उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा स्कुलका प्राचार्य बान्तवाले प्रजनन स्वास्थ्य तथा मासिक धर्म स्वच्छता सामान्य र प्राकृतिक प्रक्रिया भएकोले यस सम्बन्धि समस्याहरुको बारेमा जानकारी दिन उक्त सेमिनारको आजोजना गरेको बताए । 

सेमिनारको दोस्रो सत्रमा सहभागि विद्यार्थी र शिक्षकहरुमा मनोरन्जनात्मक खेलको आयोजना गरि विजेता तथा उपविजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो । स्कुलका सह–प्राचार्य कुर्मित लेप्चाले सेमिनारका बक्ताहरुलाइ धन्यवाद साथै मायाको चिनो प्रदान गरेका थिए ।