धरान: धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङको कार्यशैलीप्रति चर्को असन्तुष्टी प्रकट गरेका छन् ।

शुक्रबार बसेको बैठकमा उपमेयर बेघाले उपमहानगरमा नियम, कानुन र सुशासन केही पनि नभएको बताए । उनले मेयर साम्पाङले अविशिष्ट अधिकार प्रयोग गरेको भन्दै जथाभावी काुनन विपरीत काम गरिरहेको पनि बताए । ‘यहाँ नियम छैन, कानुन छैन, संविधान छैन । सल्लाह छैन, सुझाव छैन, केही छैन,’ उनले भने,‘कर्मचारीलाई स्पष्टीकरण, कारबाही कस्ले गर्नुपर्ने ? पत्राचार कस्ले गर्नुपर्ने ? अवशिष्ट अधिकार भन्दै हुनुहुन्छ, उपमेयर र प्रशासकीय अधिकृतले पनि अवशिष्ट अधिकार प्रयोग गर्दा के हुन्छ ? द्धन्द हुदैन ?’

उपमेयर बेघाले नेतृत्व नियम, कानुनभन्दा दाँयाबाँया चल्न हुदैन भन्ने आफ्नो मान्यता रहेको बताए । ‘कुन कार्मचारी कहाँ सरिसक्यो, मलाई थाह छैन । मलाई थाह दिनुपर्दैन ?’, उनले भने,‘स्पष्टीकरण सोधेको मलाई थाह दिनुपदैन ? नगरपालिकाले मागेको योजना मलाई थाह हुनुपदैन ? के हो अवशिष्ट अधिकार ? जे पायो त्यही गर्ने हो ? त्यसो गर्न छुट छ ?’

उपमेयर बेघाले उपमहानगरपालिकालाई नियम, काननुसम्मत ढंगले चलाउन आग्रह गरे । ‘अनुशासित र मर्यादितढंगले चलाउ । धरानमा सुशासन कायम गरौं, विकास र समृद्धिको अभियानलाई तीब्रगतिमा लैजाउ, यहाँ भएका सबै टिमलाई जोडेर लैजाउ भन्ने आग्रह हो,’ उनले भने,‘तपाई नियम, कानुन सम्मतढंगले हिड्नुस्, हाम्रो नेतृत्व गर्नुस् भनेका हौं । एजेण्ड तय गर्नुपुर्व छलफल गरौं भनेर निर्वाचित भएदेखि नै भन्दै आएको छुँ तर भएको छैन ।’

उपमेयर बेघाले भर्खर सरुवा भै आएका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राईलाई नगर प्रमुखले कर्मचारीलाई निलम्बन, सरुवा गर्न मिल्ने वा नमिल्ने भनेर प्रश्न गरेका थिए । साथै उनले प्रमुख प्रशासकीय अधिकृतको परीक्षा शुरु भइसकेको पनि बताएका थिए । 

बैठकमा कार्यपालिका सदस्य सृर्जना नेपालले नगर प्रहरी प्रमुखलााई फोन गर्दा स्वीच अफ भएको र पछि अन हुँदा पनि रिसिभ नभएको बताइन् । ‘मैले कस्लाई सम्पर्क गर्नुपर्ने हो ? उहाँ कहाँ हुनुहुन्छ ? नगर प्रहरी प्रमुख विरामी विदा लिएर बस्नु भएको हो कि ? के भएको हो ?,’ नेपालले भनिन् । 

मेयर साम्पाङले आफुले प्रमुख प्रशासकीय अधिकृतलाई पनि स्पष्टीकरण सोध्ने अधिकार भएको जिकिर गर्दे अन्य कर्मचारीलाई पनि सोध्न सक्ने अधिकार कानुनले दिएको जवाफ दिएका थिए । उनले आफु पनि मिलेरै अघि बढ्ने चाहेको तर ताली एक हातले मात्र नबज्ने बताए । यस्तै, कार्यपालिका सदस्य नेपालको प्रश्नमा उनले नगर प्रहरी प्रमुखलाई विदामा बस्न निर्देशन दिएको बताएका थिए । 

भिडियो: