धरान: प्याब्सन सुनसरीले प्रत्येक बर्ष आयोजना गर्दै आएको जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा धरान प्रथम भएको छ ।

७ वटा नगरपालिकाको १९ वटा विद्यालयलाई पछि पार्दै धरान ६ पानबारीमा रहेको एभरेष्ट चिल्ड्रेन होम बोर्डिङ स्कुल प्रथम हुदै रनिङ सिल हात पारेको हो । एभरेष्टको टिमबाट सहभागी कृतिका प्याकुरेल, निशान विश्वकर्मा र कुशल प्याकुरेलको टिमले सबै विद्यालयलाई पछि पार्दै प्रथम बन्दै रनिङ सिल हात पारेका हुन् ।

यस्तै प्रतियोगितामा बराहक्षेत्रको मुनादिन एकाडेमी दोस्रो, बराहक्षेत्रकै चिल्ड्रेन एकाडेमी तेस्रो र रामधुनीको युनिक इङलिस स्कुलले सान्त्वना स्थान हात पारेको थियो । किताबी ज्ञानलाई मात्र सीमित नराखी बाहिरी ज्ञान समेत विद्यार्थीमा बृद्धि गर्ने उद्देश्यले सुनसरीमा रहेका विद्याललाई सहभागी गराई प्याब्सन सुनसरीले क्वीज प्रतियोगिताको आयोजना गर्ने गरेको प्याब्सन सुनसरीका अध्यक्ष अनुप योञ्जन तामाङले बताए ।

प्याव्सन सुनसरीले सेलेक्ट भएपछि मात्र विद्यालयलाई सहभागी गराउने गरेको छ । शुक्रबार भएको क्वीज प्रतियोगिता धरान, इटहरी, रामधुनी, बराहक्षेत्र, गढी गाउँपालिका, दुहवी र इनरुवा नगरपालिकाका ७ वटा विद्यालयका १९ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । सेलेक्ट भएर इटहरी याब्सनमा भएको प्रतियोगितामा आफ्नो विद्यालय प्रथम हुन सफल भएकोमा एभरेष्टका भ्वाइस प्रिन्सिपल चेतनाथ घिमिरेले खुशी व्यक्त गरे ।

प्याब्सनको नियम अनुसार लगातार तीन बर्ष जित हात पारेपछिमात्र शिल्ड सोही विद्यालयले पाउने छ । लगातार तीन बर्ष नजितेमा पछिल्लो बर्ष हुन लागेको प्रतियोगिता अगाडि नै आयोजकलाई बुझाउनुपर्नेछ ।