धरान: आज असार १५ अर्थात दही च्युरा खाने दिन । खेती गर्ने किसानहरुको लागि भने महत्वपुर्ण दिन हो । नेपाल सरकारले विगत २१ बर्षदेखि असार १५ लाई राष्ट्रिय धान दिवस मनाउदै आएको छ । 

यही राष्ट्रिय धान दिवसलाई धरानमा पनि विगत १० बर्षदेखि धरान रोपाई महोत्सवको नाममा मनाइदै आएको छ । धरान ६ पानबारीस्थित सहभागी कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा आज पनि वडा नं ५ खैरेनीमा रोपाई महोत्सव आयोजना गरेको थियो । प्रदेशसभा सदस्य रमेशुकमार बस्नेतको प्रमुख आतिथ्यमा भएको रोपाई महोत्सवमा स्थानीयबासी, विभिन्न विद्यालयका विद्यार्थीहरु, सामाजिक अगुवादेखि कलाकार र वृद्धवृद्धाहरु पनि धान रोपाईमा रमाउन आएका थिए । 

भिडियो:

सहकारीका अध्यक्ष झुमा राईका अनुसार स्कुल र वडाबीचमा रस्सीतान प्रतियोगिता पनि आयोजना गरिएको थियो भने माछा समात्ने प्रतियोगिता र हिले दौड प्रतियोगिता पनि आयोजना गरिएको थियो । वडा नं ४, ५ र ६ मा कार्यक्षेत्र रहेको संस्थालाई अब धरानको अन्य वडाहरुमा पनि विस्तार गर्ने योजना रहेको उनले बताइन् । किसानहरुलाई प्रोत्साहित गर्न तथा रोपाई सँस्कृति र परम्पराको जर्गेना गर्ने उद्देश्यले संस्थाले विगत १० बर्षदेखि रोपाई महोत्सव आयोजना गर्दै आएको पनि बताइन् । संस्थाले जग्गा लिजमा लिएर बेसार खेती पनि गरेको उनले बताइन् ।

ropai8

सहरका बालबालिकाहरुलाई धरान कसरी रोप्छ भन्ने थाह नभएकोले धेरै जसो विद्यालयहरुले बर्षेनी असार १५ को रोपाईमा सहभागी गराउने गरेका छन् । होलिल्याण्ड स्कुल धरान १५ की शिक्षिका शारदा श्रेष्ठले सहरका विद्यार्थीहरुलाई रोपाई कसरी हुन्छ भनेर सिकाउन र माटोमा भिज्न, दही च्युँरा सँस्कृति, रोपाई सँस्कृतिबारे जानकारी दिन सहभागी गराएको बताइन् । ‘अहिलेका बच्चाहरु हिलोमा खेलेका हुदैनन् । रोपाई कसरी हुन्छ भन्ने पनि थाह छैन । कृषि प्रधान देशमा माटोसँग खेल्नुपर्छ । दही च्युँरा र रोपाई सँस्कृति विर्सन दिनु हुदैन, यो धेरे महत्वपुर्ण कार्यक्रम हो,’ उनले भनिन् ।

ropai7

ropai1

ropai6

ropai11

ropai9

ropai10