धरान: आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । मानो रोपेर मुरी उब्जाउने समय । किसानहरुलाई यो बेला रोपाईमा भ्याई नभ्याई हुन्छ ।

सधैंको बर्ष देशभरी धुमधामले रोपाई गरेर राष्ट्रिय धान दिवस मनाइन्थ्यो । तर, यसपाली कोभिड १९ को कारण जारी लकडाउनले गर्दा रोपाई महोत्सवहरु आयोजना भएनन् । महोत्सव मात्र होइन, असार १५ को दिन रोपाई पनि उत्साहजनक देखिएन ।

धरान उपमहानगरपालिकाको कृषि वडा नं ४, ५, ६, १७ र २० घोषणा भएको छ । गत बर्षसम्म वडा नं ६ मा भव्य रोपाई महोत्सव हुन्थ्यो । यसपाली भने खेतहरु सुनसान झैं देखियो । आज दिउँसो रोपाई भएको तस्बिर खिच्न वडा न ६ को तल्लो पानवारी पुग्दा रोपाई भएको दृष्य नै भेटिएन । त्यसपछि माथिल्लो पानवारीमा पुग्दा मात्र केही किसान परिवार रोपाई गरिरहेको भेटियो ।

ropai4 ropai1 ropai7 ropai8 ropai9 ropai3 ropai6 ropai2 ropai10