धरान: धरान १५ स्थित खोरिया बस्तीमा रहेको जनता आधारभूत विद्यालयलाई रोटरी क्लब अफ धरानले खेलकुद सामग्री हस्तान्तरण गरेको छ । 

रोटरीका अनुसार डेढ लाख बराबरको खेल समाग्री हस्तान्तरण गरेको हो । रोटरीले केही समय अगाडि राष्ट्रिय साइक्लिङ रेस आयोजना गरेको थियो । उक्त प्रतियोगिताको खर्च कटाएर वचत भएको रकम र दाताहरुबाट उठेको सहयोगले १ लाख ५० हजार बराबरको खेलकुद सामग्रीहरु हस्तान्तरण गरेको अध्यक्ष शिवनन्द साह जानकारी दिए । 

रोटरीले विगत तीन बर्षदेखि अतिआवश्यक पर्ने सामुदायिक बालविकास केन्द्रमा खेल सामग्रीहरु सहयोग गर्दै आएको पनि अध्यक्ष साहले बताए । क्लबकी सचिव दिभा श्रेष्ठले विद्यालयलाई आउटडोर खेल सामग्रीहरुमा पिङ, चिप्लेटी, चाकचुकल, मेरिगो राउण्ड हस्तान्तरण गरिएको बताइन् । उक्त विद्यालयमा कक्षा ५ सम्मका विद्यार्थीहरु रहेका छन् । 

rotary copy

कार्यक्रमको प्रमुख अतिथि धरान उपममहानरपालिकाका उपप्रमुख आईन्द्र विक्रम वेघाले आफु अघिल्लो पटक व्यवस्थापन समितिको अध्यक्ष पनि भईसकेको सम्झिदै भने, “हामीले तितेपातीको बार लगाएर यो विद्यालय शुरु गरेको हो ।”

उनका अनुसार विद्यालयमा दैनिक ज्यालामा काम गर्ने, दाउरा बेच्ने, गिटी कुट्ने परिवारका छोराछोरीहरु पढ्ने गर्छन्। विद्यालयलाई सहयोग गरेकोमा उनले  रोटरी क्लब अफ धरानलाई पुण्यको काम गरेको भन्दै धन्यवाद पनि दिए । 

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राम कुमार राईले सहयोगी हातहरुलाई धन्यवाद दिए । कार्यक्रमका संयोजक विनयलाल श्रेष्ठले स्वागत मन्त्वय राखेका थिए।

भिडियो: