धरान: ‘‘उत्कृष्ट पठनपाठन र नतिजा: धरान आर्दश बो.मा.वि.को विशिष्टता’’ भन्ने नारा दिएर २०६९ सालमा स्थापना भएको शैक्षिक संस्था हो, धरान आदर्श बोर्डिङ मावि । शिक्षा क्षेत्रमा बिशेष दक्षता भएका धरानका प्राध्यापकहरु मिलेर विद्यालय स्थापना भएको हो ।

यो विद्यालयले ११ बर्षको इतिहासमा २ पटक कक्षा १२ को बार्षिक परीक्षामा बोर्ड प्रथम भएको छ । यो उपलब्धी हासिल गर्ने धरानको यो एक मात्र शैक्षिक संस्था हो । विद्यार्थीहरुको क्षमता तथा मनोविज्ञान बुझेर लुकेको प्रतिभालाई प्रस्फुटन गराउने साथै शैक्षिक गतिविधिमा पनि अब्बल नतिजा ल्याउने गरेको छ । 

२०७१ सालको वार्षिक परीक्षामा भेषराज राई विज्ञान संकायबाट वोर्डमा प्रथम हुन सफल भएका थिए । यस्तै, व्यवस्थापन संकायवाट मुना कोइराला २०७३ सालमा ८८ % नतिजासहित वोर्ड प्रथम भएकी थिइन् । धरानमा हालसम्म अन्य कुनै कलेजले यो शैक्षिक उपलब्धी तथा सफलता हासिल गरेको छैन । 

२०८० सालमा विज्ञान संकायका अभिजन पौडेलले अमेरिकाको Evansville यूनिभरसिटीमा २ करोड १० लाखको छात्रवृति पाएर इञ्जिनियरिङ्ग संकायमा अध्ययन गरिरहेका छन् । उनी उक्त यूनिभरसिटीमा पनि प्रथम भएका छन् । ‘हाम्रो कलेज र धरानबासीहरुकै लागि यो गौरवको विषय हो,’ कलेजका प्राचार्य लोकेन्द्र श्रेष्ठले भने,‘धरान आदर्शले हरेक बर्ष परीक्षाको नतिजामा नयाँ रेकर्ड बनाइरहेको छ ।’

adarsa2

यो ककलेजमा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थपन, शिक्षा शास्त्र संकाय, मानविकी तथा सामाजिक शास्त्र संकाय , टुरिज्म एण्ड माउन्टेनियरिङ (Tourism and Mountaineering) विषयहरु अध्यापन भइरहेको प्राचार्य श्रेष्ठले जानकारी दिए । कलेजमा ख्यातिप्राप्त पि.एच.डि. गरेका प्राध्यापकहरुले अध्यापन गराउने भएकोले पढाईको गुणस्तरीयतामा कुनै शंका नरहेको कलेजकी अध्यक्ष सुनिता नेउपानेले बताइन् । ‘धरान आर्दश कलेज धरानमा सबैभन्दा बढी विद्यार्थीहरु उत्तिर्ण गराउने कलेज हो,’ उनले भनिन्,‘२०७९ सालको कक्षा १२ को बार्षिक परीक्षामा ३८३ विद्यार्थीहरु उत्तिर्ण भए ।’ कलेजमा विज्ञान र व्यवस्थापन संकायका विद्यार्थीहरुलाई बेग्ला बेग्लै भवनमा अध्यापन गराइने पनि उनले बताइन् ।

कलेजले अब्बल तथा मेधावी विद्यार्थीहरुलाई विशेष छात्रवृतिको व्यवस्था रहेको पनि जनाएको छ । त्यसैगरि, खेलकुद, नृत्य, गायनको उत्कृष्ट विद्यार्थीहरुलाई पनि छात्रवृतिको व्यवस्था गरिएको छ । हिसान, एन प्याब्सन तथा राष्ट्रपति खेलकुद कार्यक्रममा यस धरान आर्दश कलेजका विद्यार्थीहरुले उत्कृष्ट प्रदर्शन गरेर पुरस्कार पनि जितेका छन् । यस वर्षको एईई सिङ्गिङ आइडल (क्भ्भ् कष्लनष्लन क्ष्मय ि) को प्रतिस्पर्धामा धरान आर्दशकी कुसुम (क्यामरीन) माझी प्रथम भइन् । ‘हामी विद्यार्थीहरुलाई हरेक क्षेत्रमा अब्बल बनाउछौं, त्यसैले यो कलेज उत्कृष्ट छ, र विद्यार्थीहरुको पहिलो रोजाई बनेको छ,’प्राचार्य श्रेष्ठले भने । ADVT