धरान: धरान १३ स्थित कृषि बजारमा बिषादी अवशेष द्रुत बिश्लेषण प्रयोगशाला इकाई स्थापना भएको छ । 

नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विभाग अन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले एकाई स्थापना गरेको हो । कृषि बजार व्यवस्थापन समितिले आफ्नो कार्यालय नयाँ भवनमा सारेर प्रयोगशालाको लागि ठाउँ उपलब्ध गराएको छ । प्रयोगशालाका सामानहरु र एक जना सहयोगी कर्मचारी आइसकेका छन् । 

कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार साउन १ गतेदेखि पाइलटकोरुपमा प्रयोगशाला सञ्चालनमा आउनेछ । सबै हरियो तरकारी र फलफुलमा बिषादीको मात्रा कति छ भनेर परीक्षण यही हुनेछ । ‘बिषादीको प्रकार धेरै हुन्छ । शुरुवातमा २ वटाबाट हुन्छ, र विस्तारै बिषादी परीक्षणको दायरा बढाउदै लैजाने भन्ने छ,’ व्यवस्थापक भट्टराईले भने । 

agrei1 copy

बिषादी परीक्षणबाट उपभोक्ताले उपभोग गरिरहेको हरियो तरकारी र फलफुल कति स्वास्थ्यकर छ भन्ने पत्ता लाग्नेछ । बिषादीले कतै कसान आफै पनि रोगी भइरहेको छ कि ? भन्ने पनि थाह हुनेछ । ‘उपभोक्ताले कति बिष खाइरहेका छौं अथवा छैनौं भन्ने पत्ता लाग्छ,’ व्यवस्थापक भट्टराईले भने,‘कतै किसान आफै रोगी पो भइरहेको छ कि ?’

उपभोक्ताको घरमा स्वास्थ्यकर खाद्यान्न पुर्याउन र किसानलाई पनि सचेतना जगाउन प्रयोगशाला आवश्यक भएको भट्टराईले बताए । ‘उपभोक्तालाई स्वास्थ्यकर खाद्यान्न पुर्याउने र किसानलाई पनि बिषादीको मात्राले तिमी पनि रोगी भइसकेका छौं है, अबदेखि यी मापदण्ड अपनाउ भनेर सुझाव दिन पनि ल्याब टेष्ट आवश्यक पर्छ,’ उनले भने । 

mango copy

अहिले आँपको सिजन छ । विगतमा काचो आँपलाई चाडो पकाउन कृषि बजारका व्यापारीहरुले कार्वाइड प्रयोग गर्थे । तर कडाईका साथ अनुगमन भएपछि अचेल कार्वाइड प्रयोग हुन छोडेको पनि भट्टराईले बताए । उनले भने, ‘अहिले त्यसको प्रयोग निष्तेज भइसक्यो । त्यसको सट्टा पकाउनको लागि इथिलिन प्रयोग हुन्छ । त्यो पकाउनकै लागि भएकोले खानयोग्य हो । प्राकृतिकरुपमा पनि इथिलिनकै कारण फलफुल पाक्ने हो, अहिले त्यही प्रयोग हुन्छ, त्यो मापदण्ड अनुसार खानयोग्य नै हो ।’

भिडियो: