धरान: शनिबार साँझ धरान १२ स्थित मल्ल रेडियो सर्भिसको अगाडिको घरमा आगलागी भएको छ । 

उक्त आगलागीले घरको भुँइतलामा रहेको इलेक्ट्रोनिक्स सामान मर्मत गर्ने पसल पुर्णरुपमा क्षति भएको छ भने घर पुरै आगोले क्षति पुगेको छ । घरको सबैभन्दा माथिल्लो तलासम्म पनि आगो सल्किएको थियो । दमकल, नगर प्रहरी, सशस्त्र प्रहरी, स्थतानीयबासी लगायतको प्रयासबाट झण्डै एक घण्टापछि आगलागी नियन्त्रणमा आएको थियो । क्षतिको पुरा विवरण आएको छैन ।

agalagi1

आगलागी भएको घर सुरेश हलवाईको हो । घरको भुइतलामा इलेक्ट्रोनिक्स सामानहरु मर्मत गर्ने व्यवसाय मणिकुमार परियारले सञ्चालन गरेका थिए । प्रत्यक्षदर्शीहरुका अनुसार करिब सवा ७ बजेतिर उक्त पसलबाट धुँवा निस्केको देखेपछि आगलागीबारे थाह भएको थियो । सोही पसलबाट विजुली सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिए पनि कारण तत्काल खुलेको छैन ।

agalagi2

धरान उपमहानगरपालिकाको वारुण यन्त्र इञ्चार्जका अनुसार आगलागी भएको भन्दै मान्छे नै आएर खबर गरेपछि तुरुन्त दमकल आएको थियो । साँघुरो बाटो र केवल, टेलिफोनलगायतको तारहरु तलसम्म झुण्डिएको कारण पनि दमकललाई आगलागी भएको ठाउँसम्म पुग्न सकस भएको थियो । यद्यपी एक घण्टा बढी समयको प्रयासले आगो नियन्त्रणमा आएपछि ठुलो क्षति हुनबाट जोगिएको थियो । आगो नियन्त्रणबाहिर गएको भए उक्त घरहरुसँग जोडिएका घरहरुमा सल्किएर धरानको मुख्य बजार क्षेत्रमा ठुलो क्षति हुनसक्ने खतरा थियो । 

भिडियो: