धरानः आर्थिक मन्दीले व्यापार, व्यवसाय चौपट भएको गुनासो बढीरहदा केही नयाँ व्यवसायीहरुले पनि लगानी गरिरहेका छन् । 

फेसनको सहर धरानमा बिहिबार महिला व्यवसायी थपिएका छन् । किशोरी-युवती पुस्तादेखि आमा-बजु पुस्ताहरुलाई लक्षित गरेर आकर्षक पहिरन पाउने पसल 'फेरिका' सञ्चालनमा आएको छ । धरान १० विजयपुर अस्पताल अगाडि खुलेको फेरिकामा गर्मीलाई सुहाउने शुद्ध सुती (कटन) कुर्ता- सुरुवाल, कुर्ती राखेको सञ्चालिका सङ्गीता वाहिङले बताइन् । 'धरानको गर्मीलाई सुहाउने सुतिको कपडा ल्याएको छु, साथै बजारमा अरुसँग नमिल्ने, नजुध्ने गरि छानेर मात्रै ल्याउने मेरो कोशिस रहने छ,'उनले भनिन् । 

ferika1

यो बाहेक 'ओरिफेम' ब्रान्डको लोकप्रिय कस्मेटिक, परफ्युम पनि फेरिकामा उपलब्ध हुनेछ । सबै उमेरका किशोरी, युवा र महिलाहरूका लागी ज्वेलरी, गरगहना, हेण्ड ब्याग पनि पाइने उनले बताइन् । सञ्चालिका वाहिङका अनुसार कुल १५ लाख रुपैयाँको लगानीमा पसल शुरु गरेकी हुन् । फेरिकालाई थप आकर्षक बनाउन लेडिज ब्राण्डेड कुर्ता-सुरुवाल, कुर्तिहरु कलेक्सन गर्ने उनले बताईन् । 

फेरिकाको उद्घाटन पुर्व कोसि प्रदेश प्रमुख डा गोबिन्द तुम्बाहाम्फे र वरिष्ठ पत्रकार हर्ष सुब्बा साथै नेपाली कांग्रेसका जेष्ठ महाधिवेशन प्रतिनिधि सदस्य कृष्णकला मादेनले संयुक्त रुपमा उद्घाटन गरेका थिए । फेरिकाकी सञ्चालिका वाहिङ विद्यार्थी राजनीतिमा पनि सक्रिय छिन् । नेपाल विद्यार्थी सङ्घकी केन्द्रीय सदस्य रहेकी उनले व्यवसायमा पनि अगाडि बढ्न कोशिस गरेकी छिन् । 'राजनीति सेवा हो, र सेवा गरि राख्नका लागि आम्दानीको स्रोत पनि चाहिन्छ त्यहि मान्यतालाई स्थापित गर्न व्यवसाय शुरु गरेको हो,'उनले भनिन् ।