धरान: धनकुटाको साँगुरीगढी गाउँपालिकामा नयाँ होटल सञ्चालनमा आएको छ । 

युवा व्यवसायी श्रृजना सुब्बाले साँगुरीगढी गाँउपालिका ४ स्थित फलामेटारमा होटल सञ्चालनमा ल्याएकी हुन । करिव दुई करोडको लगानीमा सुब्बाले 'देव फिस फार्मस्टे’ होटल सञ्चालनमा ल्याएकी हुन् । माछा फार्मसहित सञ्चालनमा आएको होटलमा पारिवारिक वातावरणमा रमाउन सकिने सञ्चालिका सुब्बाले जानकारी दिइन् । खोलाको वगरमा रमाउन चाहाने हरुका लागी  क्यापिङको व्यवस्था समेत होटलमा रहेको छ । 

farm stay1

स्वादिष्ट खाना सगै रमणिय दृश्यावलोकन गर्न सकिने तथा होटलमा रात्री वस्नको लागी टेण्डको व्यवस्था गरिएको छ । होटलमा वनभोज सगै विभिन्न पाटि को लागी समेत गर्न मिल्ने व्यवस्था रहेको छ । होटलमा आफै फिसिङ सगै क्याप फयार समेत गर्न पाईने सञ्चालिका सुव्बाले वताईन । होटल सञ्चालनमा आए सगै  पर्यटकहरुको आगमन समेत बढ्ने वताइएको छ । 

farm stay2