धरान: नेपाल विद्यार्थी संघको सुनसरी जिल्ला कार्यसमिति विस्तार गरिए पछि विवाद सृर्जना भएको छ । जिल्ला कार्यसमितिले मनोमानी गरेको भन्दै त्यसविरुद्ध संघर्ष समितिसमेत गठन भएको छ । 

असार २४ गते सुनसरी जिल्लाभित्रका विभिन्न क्याम्पस ईकाई, क्याम्पस स्ववियु, नगर, क्षेत्र समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा धरानमा भएको भेलाले संघर्ष समिति गठन गरेको थियो । उक्त समितिले शनिबार नेपाली कांग्रेसका जिल्ला सभापति केदार भण्डारीलाई ज्ञापन पत्र बुझाएको छ । संघर्ष समितिले विवाद समाधानको लागि भुमिका खेल्न र समन्वय गर्न आग्रह गर्दै बुझाएको ज्ञापन पत्रमा ४ बुँदा उल्लेख गरेको छ ।

nebisangh3

समितिले जिल्ला कार्यसमितिले समन्वय तथा कुनै पनि तहसँग सल्लाह नगरी विस्तार गरेको समिति पुर्णरुपमा भंग गर्न माग गरेको छ । यस्तै, क्याम्पस इकाई, नगर, क्षेत्र साथै जिल्ला कार्यसमिति सम्पुर्णको अधिवेशन गराउन समन्वयको भुमिका निभाईदिन कांग्रेस जिल्ला कार्यसमितिलाई माग गरेको छ । यस्तै, आन्तरिक संगठनभित्रको समस्याले संगठन तहसनहस अवस्थामा पुगेको भन्दै यसबारे संघर्ष समितिले कांग्रेस जिल्ला कार्यसमितिको गम्भीर ध्यानाकर्षण पनि गराएको छ । 

आफ्ना मागहरुको अविलम्ब सुनुवाई र कार्यान्वयन गर्न माग गर्दै संघर्ष समितिले एक साताको अल्टिमेटम पनि दिएको छ । उक्त समयभित्र माग सुनुवाई नभएमा निर्णय गरेर अघि बढ्ने पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

nebi sangh