धरान: धार्मिक तथा पर्यटकीयस्थलहरुको प्रर्वद्धन गर्ने उद्देश्यले आउदो शनिबार धरानमा कोरा राईड साइक्लिङ च्यालेन्ज इभेन्ट आयोजना हुने भएको छ । 

प्लाडलर्स धरानको आयोजना तथा रोटरी क्लब अफ धरान घोपाको संयोजनमा हुन लागेको कोरा राइर्ड शनिबार बिहान साढे ७ बजे भानुचोकबाट शुरु हुनेछ । आयोजकले आज (बिहिबार) सुनसरी उद्योग वाणिज्य संघमा पत्रकार सम्मेलन गर्दे कार्यक्रमबारे जानकारी दिएको हो । कोरा राइडमा १५० देखि २ सय हाराहारीमा राइडर्सहरु सहभागी हुने अनुमान गरिएको प्याडलर्स धरानका संयोजक किसन मास्केले जानकारी दिए । 

संयोजक मास्केका अनुसार कुल २९ किलोमिटर दुरीमा राइड हुनेछ । भानुचोकबाट शुरु भएको राइड धरानको विभिन्न धार्मिकस्थलहरु भ्रमण गर्दै हरियाली सामुदायिक वनमा पुगेर समापन हुने पनि उनले बताए । ‘यो प्रतियोगिता होइन । मठमन्दिर र धार्मिकस्थलहरुको प्रर्वद्धन गर्न घुम्ने इभेन्ट हो,’ उनले भने,‘सहभागीलाई दर्ता शुल्क २ सय राखेका छौं, हामी एउटा टिसर्ट पनि उपलब्ध गराउछौं ।’

kora copy

राइडमा धरानबाहेक तरहरा, विराटनगर, दमकबाट पनि साइक्लिष्टहरु सहभागी हुने आयोजकको भनाई छ । कोरा राइड प्रत्येक बर्ष जुलाईको तेस्रो शनिबार एकै पटक विभिन्न स्थानहरुमा हुने गरेको छ । धरानमा सन् २०१७ देखि नियमित आयोजना भइरहेको रोटरी क्लब अफ धरान घोपाले जानकारी दिए । रोटरी क्लबले पहिलो पटक आयोजना गर्न लागेको हो । क्लबले वातावरणको क्षेत्रमा पनि कार्य गर्ने भएकोले यसपटक कोरा राइड आयोजना गर्ने निर्णय भएको रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष गौरवमान श्रेष्ठले बताए । 

उनका अनुसार सहभागीलाई न्युनतम २ सय रुपैया शुल्क तोकिए पनि इच्छुकले जति पनि दिनसक्छन् । शुल्क तथा अतिरिक्त आर्थिक सहयोग संकलन भएर वचत भएको रकमले विपन्न तथा सिमान्तकृत समुदायका बालबालिकाहरु वा सामुदायिक विद्यालयहरुलाई सहयोग गर्ने पनि अध्यक्ष श्रेष्ठले बताए । ‘साइक्लिङ स्वास्थ्यको लागि पनि हो, साथै पर्यावरणलाई जोगाउन पनि मद्दत पुग्छ,’उनले भने,‘धरानलाई ग्रीन सिटी बनाउन पनि साइक्लिङलाई प्रर्वद्धन गर्नुपर्छ ।’