धरान: ४२ औं वीपी स्मृति दिवसको अवसर पारेर धरान २० स्थित वीपी स्मृति पार्कमा सरसफाई कार्यक्रम भएको छ ।

नेपाली कांग्रेस, वीपी चिन्तन प्रतिष्ठान र भातृ तथा शुभेच्छुक संघसंस्थाहरुको सहभागितामा पार्कको सरसफाई भएको हो । नेपालका प्रथम जननिवार्चित प्रधानमन्त्री विश्वेश्वर प्रसाद (वीपी) कोइरालाको साउन ६ गते (आइतबार) ४२ औं स्मृति दिवस हो । उक्त दिवसको अवसरमा २ दिने कार्यक्रम अन्तर्गत आज पहिलो दिन वीपी स्मृति पार्कमा सरसफाई गरिएको नेपाली कांग्रेस धरानका सभापति श्याम पोखरेलले बताए । उनका अनुसार भोली आइतबार बिहान ८ बजे सोही पार्कमा रहेको वीपी कोइरालाको पुर्णकदको सालिकमा माल्र्यापण कार्यक्रम पनि हुनेछ ।

bp park1 copy

वीपी पार्कलाई सौन्दर्यीकरण गर्न पार्टीसँग आर्थिक स्रोत नभएकोले स्थानीय सरकारलाई अन्य पार्कहरुको लागि पनि बजेट विनियोजन गर्न माग गरिएको सभापति पोखरेलले बताए । उनले एक बर्षभित्र सौन्दयीकरण गरिसक्ने पनि बताए । ‘हामीले यतिसम्म काम गर्यौ । २०७४ मा स्थानीय चुनाव आयो, नयाँ जनप्रतिनिधि आए । वीपीको सालिक भएकोले कांग्रेसको भाग भन्ने पनि भयो होला, तर वीपी कोइराला र यो पार्क पनि साझा हो,’ उनले भने,‘मेयरलाई ध्यानाकर्षणपत्र बुझाउदा वीपी पार्कसहित अन्य पार्कलाई यथोचित बजेट माग गरेका छौं । पार्कलाई एकबर्षभित्र सौन्दर्यीकरण गछौं । स्थानीय सरकार, वडाले पनि सहयोग गर्नुपर्छ ।’

bp park

निवर्तमान मेयर तथा वीपी स्मृति पार्क समितिका सभापति तिलक राईले तत्कालिन राणा शासकहरुले पक्राउ गरेर वीपी कोइरालालाई सुन्दरीजल जेल फुस्रे हुदै लगेको इतिहासलाई ज्युँउदो राख्न पार्क निर्माण गरिएको बताए । ‘राणाहरुले पक्राउ गरेर महामानव वीपी कोइरालालाई काठमाण्डौं लैजादा यही बाटो भएर गएको र यहाँ बास बसेकोले इतिहास छ,’उनले भने,‘यो पर्यटकीयस्थल बन्दैछ भन्ने लागेर नै मेरो नेतृत्वमा समिति बनाएर वीपी पार्क बनायौं ।’

जलाधार क्षेत्रलाई पनि संरक्षण गर्ने गरि डिपिआर पनि बनाएको निवर्तमान मेयर राईले बताए । ‘फ्लावर ब्रिज बनायौं, खोलालाई जोगाउन वाल लगायौ, पार्किङस्थल बनायौं । शौचालय पनि बनायौं, वीपीको सालिक पनि बनायौं । म मेयर भएपछि डिपिआर पनि बनेको छ । काम गर्दैथियौं, तर मेरो कार्यकाल सकियो । अहिले पनि राम्रो काम भएको छ, तर अग्रजहरुको इतिहासलाई बिर्सन हुदैन ।’

भिडियो: