धरान: सुनसरी उद्योग वाणिज्य संघमा बिहिबारदेखि प्रथम धरान महिला उद्यमी प्रर्दशनी २०८१ शुरु भएको छ ।

संघको हलमा आयोजित प्रर्दशनीको कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयकी राज्यमन्त्री सिर्जना राईले उद्घाटन गरेकी थिइन् । धरानका महिलाहरुले उत्पादन गरेको सामग्रीहरुको प्रर्वद्धन गर्न र उद्यमशील बन्न प्रेरित गर्ने उद्देश्यले तीन दिने प्रर्दशनी आयोजना भएको हो । प्रर्दशनीको उद्घाटन गर्दे मन्त्री राईले महिलाहरु आर्थिकरुपमा सवल भएको घर, परिवार पनि सवल हुने बताइन् । 

सरकार स्थिर नहुदा जनतामा वितृष्णा आएको उल्लेख गर्दै उनले अहिले भने सरकारलाई विश्वास गर्ने अवस्था बनेको बताइन् । उनले लगानीको वातावरण बनाएर सरकारले प्रोत्साहन गर्ने पनि बताइन् । साथै, कृषि तथा घरेलु उत्पादनको प्रवद्र्धन गर्न सरकारले कोसेली घर सञ्चालन गर्ने अवधारणा बनाएको पनि बताइन् । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वय हुनुपर्ने पनि उनले बताइन् । 

srijana rai4 copy

धरानमा कोकाहको पानी ल्याएर समस्या हल भएको प्रचार सुनेपनि अहिले खानेपानीको समस्या ज्युँको त्युँ रहेको थाह पाउदा अचम्म लागेको पनि उनले बताइन् । उनले विगतमा कोकाहको पानी ल्याएर धरानलाई पुगेको भन्ने प्रचार भाइरल हुनको लागी मात्र भएको रहेछ भन्ने लागेको उनले बताइन् । धरानको समस्या हल गर्न प्रदेश सरकार तयार रहेको उनको भनाई थियो ।  

कार्यक्रममा प्रदेश सांसद रमेश बस्नेतले सुरुंग मार्ग र औद्योगिक ग्रामको कामलाई स्थानीय सरकारले वेवास्ता गरेको बताए । आफुहरुले सहयोग गर्न तयार भएपनि यसको पहलकदमी स्थानीय सरकारबाट नै हुनुपर्ने उनले बताए । उपमेयर अइन्द्रबिक्रम बेघाले धरानको विकासमा सुनसरी उद्योग वाणिज्य संघको योगदानलाई कसैले पनि उपेक्षा गर्न नमिल्ने बताए । सुनसरीका सिडिओ रामचन्द्र तिवारीले लगानीको वातावरण बनेर रोजगारी सृर्जना हुनुपर्ने उल्लेख गर्दै प्रशासनले सुरक्षा दिन तयार रहेको बताए । उनले एकअर्कालाई गाली गर्दै नबस्न आग्रह गर्दै पछिल्लो समय धरानको विगतको छवि बिग्रिएकोप्रति पनि चिन्ता प्रकट गरे । 

भिडियो:

पुर्वनगरप्रमुख तिलक राईले स्थानीय सरकार प्रमुख उपस्थित नभएर आफ्नो जिम्मेवारीप्रति नगर सरकार जवाफदेही नभएको उदाहरण प्रस्तुत भएको बताए । नगर सरकारले वेवास्ता गरेपनि राजनीतिक दल, सामाजिक अगुवाहरुले धरानलाई ठिक ढंगले अघि बढाउनुपर्ने उनको भनाई थियो ।

राजनीतिक दलहरुको तर्फबाट बोल्दै जसपाका नेता ताजुब लिम्बुले स्थानीय सरकार प्रमुख आफु र आफ्ना मान्छे बाहेक अरुसँग सहकार्य नगर्न नसकेको र एक्लै अघि बढ्न खोज्दा समस्या भएको बताए । नगर प्रमुखले सबैलाइ एकतावद्ध बनाएर लैजानुपर्नेमा समाजलाई नै विभाजित बनाइरहेको उनको भनाई थियो । कार्यक्रममा सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष सरोज श्रेष्ठ र राजेन्द्र साहलाई सम्मान गरिएको थियो । उद्घाटन समारोह संघका अध्यक्ष विजय श्रेष्ठको सभापतित्वमा भएको थियो । 

srijana rai copy

srijana rai2 copy

srijana rai6 copy

srijana7

srijana3

srijana4

srijana1

srijana2