धरान: हिजो भारी बर्षासँगै आएको बाढीले धरान ११ स्थित ऐश्वर्य मार्गको ड्रेनमा बगेर निधन भएका विद्यार्थी रोशन लिम्बुको शोकका धरानका विद्यालयहरु विदा दिइएको छ । 

धरान उपमहानगरपालिकाले सम्पुर्ण निजी तथा सामुदायिक विद्यालयहरुमा आज शोक विदा दिएको हो । शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले सुचना जारी गर्दै नगर प्रमुखस्तरीय निर्णयबाट आज शोक विदा दिइएको जानकारी दिएका छन् । 

यस्तै, बिहान मेयर हर्कराज राई (साम्पाङ) मृतक रोशनको घर वडा १७ पृथ्वीचोकस्थित सुन्दर नमुना वस्तीमा पुगेर परिवारजनलाई भेट गरेका थिए । घरमा आमा बृन्द्रा लिम्बु र रोशनको दिदी छन् । रोशनको बुबा ढकेन्द्र कतारबाट घर फर्कदै गरेका छन् भने दाजु दुबईमा छन् । मेयर साम्पाङले नहुनुपर्ने घटना भएको र उपमहानगरले आवश्यक सहयोग गर्ने वचन दिएका थिए । साथै उनले बर्षा र बाढीको बेला सबै सचेत हुनपर्ने पनि बताए । 

हिजो दिउँसो करिब ५ बजेतिर कोचिङ कक्ष सकेर घर फर्कदै गरेका भिक्टोरी स्कुलका कक्षा ९ मा अध्ययरत विद्यार्थी रोशन लिम्बुको ऐश्वर्य मार्गको ड्रेनले बगाएर मृत्यु भएकोथियो । उक्त बाटोमा ड्रेनबाट पानी ओभरफ्लो भएर ग्राभेल बाटो नै खोला झै बनेको थियो । उनको शव वडा नं १७ स्थित ठकुरी खोलामा फेला परेको थियो । 

भिडियो: