धरान: कोशी प्रदेशमा सत्ता साझेदार दल नेपाली कांग्रेस सहभागी भएसँगै मन्त्रीपरिषद विस्तार भएको छ ।

कांग्रेसको आन्तरिक किचलोको कारण मन्त्रीको टुंगो नलाग्दा लामो समयसम्म मन्त्रीपरिषदले पुर्णता पाउन सकेको थिएन । शेखर कोइराला समुहले २ मन्त्री भाग पाउनुपर्ने अडानको कारण विवादले कांग्रेस सरकारमा सहभागी हुन ढिलाई भएको हो । कांग्रेसबाट महामन्त्री भुपेन्द्र राईको नेतृत्वमा सरकारमा सहभागी भएको हो । उनी कृष्णप्रसाद सिटौला समुहका हुन् ।

कांग्रेसबाट राई भौतिक पुर्वाधार विकास मन्त्री बनेका छन् भने खगेन्द्र सिंह हाङगाङ उद्योग, कृषि तथा सहकारी मन्त्री, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । यस्तै, भुमीप्रसाद राजवंशी भौतिक पुर्वाधार विकास राज्यमन्त्री बनेका छन् । कांग्रेसका मन्त्री र राज्य मन्त्रीले सपथ पनि लिइसकेका छन् । मन्त्रीपरिषदमा २ राज्यमन्त्रीसहित १० सदस्यीय बनेको छ ।