धरान: करिब ६ महिनाअघि बन्द भएको होटल सन्ध्या इन पुनः धरान ८ वरगाछीमा सञ्चालनमा आएको छ । 

डेढ करोड बढी लगानीमा पुनः सञ्चालनमा आएको उक्त होटलमा बुधबार एक कार्यक्रमबीच कोशी प्रदेशसभा सदस्यद्धय विजयकुमार राई र रमेश बस्नेतले संयुक्तरुपमा रिबन काटेर उद्घाटन गरेका थिए । सञ्चालक रविन्द्र अधिकारीका अनुसार सेमिनार हल, बैठक कक्ष, पार्किङ सुविधासहित होटल र लजको व्यवस्था छ । सेमिनार हलको क्षमता डेढ सय जनाको रहेको पनि उनले जानकारी दिए ।

लजमा १६ वटा कोठामा ४३ जनाको क्षमता रहेको पनि अधिकारीले बताए । ‘लगानी डेढ करोड बढीसकेको छ, अझै केही लगानी बढाउनुपर्ने छ,’उनले भने,‘सुपर डिलक्स, डिलक्ससहितको कोठाहरु छन् ।’ अधिकारी विगत १३ बर्षदेखि होटल व्यवसायमा छन् । पछिल्लो समय भानुचोक नजिकै सञ्चालनमा रहेको होटल भएको घर बिक्री भएपछि बन्द भएको थियो । नयाँ ठाउँमा अझ सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको उनले बताए । 

भिडियोः