धरानः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित विद्यार्थी कल्याण समाजको अध्यक्षमा नवराज कुमार देव निर्वाचित भएका छन् । 

प्रतिष्ठानमा शनिबार भएको निर्वाचनमा देवले निकटतम प्रतिद्धन्दी जमुना वनलाई २५२ मतले पछि पार्दै अध्यक्षमा निवार्चित भएका हुन् । देवले ४ सय ५५ मत पाएका थिए । समाजको महासचिवमा भने सुविन कुमार साह निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा निवार्चित देव प्रतिष्ठानमा एमबिबिएस दोस्रो बर्षमा अध्ययनरत छन् । उनी समाजको २ बर्षे कार्यकालको लागी अध्यक्ष भएका हुन् । 

समाजको नेतृत्व लिन शनिबार भएको निर्वाचनमा अध्यक्षमा ७ जनाले उम्मेद्वारी दिएका थिए । देवको निकटतम प्रतिद्वन्द्वी जमुना वनले २ सय ९३ मत पाएकी थिइन । अर्का उम्मेद्वार दिवस पन्थले २ सय ५५ मत पाए । यस्तै, अन्य प्रत्यासीहरु क्रमशः कृष्ण कुमार यादवले १ सय ४६, दिपेश कुमार  सिंहले १ सय ५ र धिरज उदासले १८ मत मात्र पाएका थिए । 

समाजको वरिष्ठ उपाध्यक्षमा भने ६ सय ३७ मत ल्याउँदै मो.महमुद नुरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्व राजीव रञ्जन दीक्षितले ५ सय ७६ मत ल्याएका थिए।  जुनियर रेजिडेन्ट तर्फ उपाध्यक्षमा डाक्टर विशाल गुरुङ निर्विरोध निर्वाचित भए भने एमबिबिएस तर्फ उपाध्यक्ष सदिच्छा न्यौपाने ६ सय ३१ मत ल्याउँदै निर्वाचित भइन् । बिडिएसतर्फ नागेन्द्र यादवले (४९५) मत ल्याएर निवार्चित भए भने नर्सिङ तर्फ उपाध्यक्षमा कान्तिपुर बास्तोला ७ सय १९ मत ल्याउँदै विजयी भइन् । 

सचिवमा ६ सय ५४ मत ल्याउँदै राम उद्गार साह विजयी भए भने कोषाध्यक्षमा ६ सय ९४ मत ल्याएर हार्दिक गोयल निर्वाचित भए। विडिएस तर्फ सदस्यहरूमा अर्जुन यादव (१४२),विजय कुमार यादव (१२०), सुदिप सोनी (११५) विजयी भए भने नर्सिङ तर्फ गोत्री नाथ (१००) र सकृला घले गुरुङ (९७) विजयी भए । ए. लाइट साइन्स तर्फ सदस्यमा सतरोहन यादव (४६) विजयी हुँदा एम पिएच तर्फ जीवन नारायण कुमार चौहान  र बेसिक साइन्स (नर्सिङ बाहेक) रचना पुरी निर्विरोध निर्वाचित भए । 

सदस्य  जुनियर रेजिडेन्ट तर्फ डाक्टर तरन्नुम वानो, डाक्टर विष्णु खरेल र डाक्टर अमोल कुमार यादव निर्विरोध निर्वाचित भए । एमबिबिएस तर्फ सदस्यमा भविष्य विष्ट (३३३), सन्दीप विक (३२०), यतेन्द्र यादव (२८४), प्रवीण भट्टराई (२४६) र मो. असररुल अन्सारी (२४४) विजयी भए । 

नवनिर्वाचित अध्यक्ष देवले प्रतिष्ठानको विकाससँगै विद्यार्थीहरूको हक अधिकार सुनिश्चितताको लागी सधैँ लागी पर्ने बताए । कुल १६सय ७० मतदाता रहेका समाजको शनिवार भएको निर्वाचनमा १२ सय ७८ मत खसेको निर्वाचन आयुक्त प्राध्यापक डाक्टर सम्शेर श्रेष्ठले जानकारी दिए ।