धरान: अबिरल बर्षा र पहिरोबाट शनिबार कोशी प्रदेशमा ८ जनाको ज्यान गएको छ ।

विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार एक बालिकासहित ७ जनाको पहिरोले पुरेर मृत्यु भएको हो भने एक जनाको खोलाले बगाएर मृत्यु भएको हो । प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले उपलब्ध गराएको तथ्यांक अनुसार पहिरोले पुरेर पाँचथरमा एक बालिका, ३ महिला र एक पुरुष गरि ५ जनाको ज्यान गएको छ । 

यस्तै, धनकुटामा पहिरोले पुरेर २ जना महिलाको मृत्यु भएको छ भने इलाममा खोलाले बगाएर एक जना पुरुषको मृत्यु भएको पनि प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । 

पहिरोले पुरेर धनकुटमा २ महिला, ओखलढुंगामा १ पुरुष र पाँचथरमा एक बालिका घाइते भएको पनि प्रहरीले जानकारी दिएको छ । यस्तै, पहिरोले पाँचथरमा २ महिला र २ जना पुरुषलाई बेपत्ता बनाएको छ भने खोलाले बगाएर झापामा २ पुरुष, एक महिला र मोरङमा एक महिला वेपत्ता बनाएको छ । 

data heavy rain copy