काठमाडौ : काठमाडौस्थित "हामी धराने" समुहले वडा दशै, तिहार र छठ पुजा २०८१ को शुभकामना आदान प्रदान  कार्यक्रममा हिजो शनिबार सम्पन्न गरेको छ ।

उक्त  कार्यक्रममा धरान सरोकार समाजका सस्थापक एवम समाजसेवी स्वर्गीय प्रभु प्रसाद श्रेष्ठलाई मरण्णोप्रान्त सम्मान गरिएको थियो । समाजमा योगदान दिएका तथा धरान काठमाडौंलाई जोड्ने सेतु पुलकोरुपमा महत्त्वपूर्ण भूमिकाको कदर गर्दै श्रेष्ठलाई सम्मान गरिएको हो । पिताको सम्मान छोरा चन्दन श्रेष्ठले ग्रहण गरेका थिए । 

सोही कार्यक्रममा संस्थाले एक अपिल जारी गर्दै जोगमनी किमाथान्का जोडिने कोशी राजमार्गको बाटो विस्तार हुने क्रममा धरानको तिनकुने देखि बेसक्याम्प सम्म १२ सय घर र ३९ बिघा जग्गा रोक्का गरेकोप्रती ध्यानाकर्षण गराइएको छ । 

हामी धरानेका सचिव विनोद श्रेष्ठले अपिल वाचन गर्दै घरजग्गा रोक्का गरेकोले खाली जग्गामा घर बनाउन, बैकिङ कारोबार प्रयोजनका लागि धितोमा राख्न रोक लगाउदा करिब ४८ अर्ब मूल्य बराबरको अचल सम्पत्ति तथा पुजी निर्माणमा  रोक लागेको बताए । यस्ले धरान उपमहानगरपालिकालाई पनि भुमि कर, भवन निर्माण कर, सम्पपति कर, व्यवसाय कर, लाभ कर, बहाल कर, सरसफाइ कर गुमाईरहेको पनि उनले बताए । 

20240929_102507

शुभकामना कार्यक्रममा धरानको विषयमा चिन्ता लिदै वरिष्ठ अधिवक्ता हरि प्रसाद दाहाले अध्ययन गरि कानुनि प्रकृया लाने कुरा व्यक्त गरे । धरान बजारको घरजग्गा रोक्का को विषयमा धरानका केही व्यक्तिहरुले आफुलाई पनि कागजातहरु बुझाएको र अध्ययन गरिरहेकोले दशै पछि यस विषयलाई कानुनि प्रकृयामा लाने बताए। 

यसरी नै धरान उपमहानगरपालिकाका वरिष्ठ ईन्जिनियर सुरज श्रेष्ठले पनि अपिलको विषयमा विचार राख्दै  नेपाल सरकारले सबै राजमार्गको एकै खालको मापदण्ड हुने र २०५ मिटरको मापदण्ड कायम गर्दा धरान बजारको धेरै घरजग्गा जोखिममा पर्ने बताए । उनले जोखिम न्युनिकरण गर्न तिनकुने देखि पुरानो कर कार्यालयसम्म र जिरो पोईन्ट देखि धनकुटा जाने बाटोसम्म मुआब्जा दिएको भनिए पनि उपमहानगरपालिकासङ्ग यसको कुनै पनि रेकर्ड नभएको बताए । मापदण्ड हेरफेर गर्न नसकिने तर वाईपासका लागि प्रस्तावहरु आएको उल्लेख गर्दै राजमार्गलाई सेउती करिडोर बनाएर लान सकिने र बजार बिचको बाटो शहरी बाटोको मापदण्ड कायम गरेर लाने प्रस्तावहरु आईरहेको उनको भनाई थियो । विकल्प दिन सकिन्छ कि भनेर प्रयास भईरहेको पनि उनले बताए । 

20240929_102520

कार्यक्रमका प्रमुख अतिथि कानु न्याय परिषद्का सदस्य राम प्रसाद श्रेष्ठले समाजसेवी स्व प्रभु प्रसाद श्रेष्को स्मरण गर्दै भने-" उ सानै देखि हाक्कि, मिलनसार अनि केही गरौ भन्ने उर्जावान व्यक्ति थिए ।" विशेष अतिथि एवं सान्सद प्रेम सुवालले नेपाल अहिले रितिदै गईरहेकोमा चिन्ता व्यक्त गर्दै भने-"युवा युवतीकोहरु यसरी वैदेशिक रोजगार र शिक्षका लागि देश बाहिर जाने हो भने केही समय पछि यो देश वृद्व आश्रममा परिणत हुन्छ ।" 

कार्यक्रममा शुभकामना तथा धन्यवाद संस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठले दिए भने स्वागत मन्तव्य संयोजक शशी शर्मा पौडेलले गरेकी थिईन् । काठमाडौ बसोबास गर्ने धरानवासीहरु बिच चियापान सहित शुभकामना कार्यममा पुर्व एआईजि सन्दिप भण्डारी, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, प्राडा तुलसी गौतम, बालिका स्कुलका पुर्व शिक्षिका नारायणी देवी श्रेष्ठ रहेका थिए । चाड पर्वको अवसरमा आफ्नो जन्मभुमी धरान छोडी काठमाडौ बस्दै आएका धरानवासिहरुबिच एक आपसमा सद्भाव कायम गर्न गरिएको उक्त कार्यक्रममा अविरल बर्षाका बावजुद पनि धरानवासिहरुको उल्लेखनीय उपस्तिथी रहेको थियो ।

भिडियो: