धरान: धरान वडा नं १७ स्थित साकेला सास्ँकृतिक पार्कमा साकेला पुस्तकालय तथा अध्ययन अनुसन्धान केन्द्रको उद्घाटन तथा हस्तान्तरण गरिएको छ । 

पुस्तकालय तथा अध्ययन अनुसन्धान केन्द्र भवनको मेयर हर्कराज राई (साम्पाङ) ले उद्घाटन गरेका थिए । उद्घाटनसँगै उक्त भवनलाई दाताकोतर्फबाट किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीलाई हस्तान्तरण पनि गरिएको छ । साथै, आजैबाट पुस्तकालय आम सर्वसाधारणहरुको लागी खुला भएको यायोक्खा जिल्ला अध्यक्ष राजेन्द्र राईले जानकारी दिए ।

पुस्तकालय निर्माणमा स्वर्गीय अधिबहादुर राईको स्मृतिमा श्रीमति लक्ष्मीशोभा राईले आर्थिक सहयोग भएको यायोक्खा सुनसरीले जनाएको छ । मौलिकता झल्कने दुई तले भवनको भुँईतलामा किरात राई जातिको सँस्कृति एवं सँस्कार अध्ययन गर्ने थलो बनाइएको छ । उक्त स्थानमा राईहरुको चुलासँगै विभिन्न साँस्कृतिक सामग्रीहरु संकलन गरेर राखिएको छ । 

माथिल्लो तलामा भने पुस्तकालय छ । पुस्तक बढेर अध्ययन गर्न सकिने साथै कफी र इन्टरनेट पनि निःशुल्क उपलब्ध गराउने व्यवस्था पनि छ । इच्छुकहरुले त्यसबापत संस्थालाई सहयोग गर्न पनि सक्ने अध्यक्ष राईले बताए । पुस्तकालयलाई ई–लाइब्रेरीकोरुपमा विकास गर्ने उद्देश्य राखिएको र सोही कार्यक्रममा मेयर साम्पाङले कम्प्युटर अन गरेर उद्घाटन पनि गरेका थिए ।

भिडियो:

मेयर साम्पाङले संसार विश्वव्यापीकरणमा गएकोले हाम्रो सँस्कृति, सँस्कार, भाषा, लिपीको संरक्षण गर्न निक्कै ठुलो चुनौती रहेको धारणा व्यक्त गरे । ‘ठुला महाशक्ति राष्ट्रहरुको सँस्कृति, उत्पादन, मुल्य, मान्यतालाई बाध्य भएर अंगीकार गर्नुपरिरहेको छ । यसले हाम्रो परम्पार, सँंस्कृति लोप हुदै गएको छ । मौलिक भाषहरु लोप हुदै गएको छ,’ उनले भने, ‘यस्तो चुनौती सामना गर्नुपरिरहेको बेला यो पुस्तकालय निर्माण भएको छ, सकरात्मक कार्य हो, सबैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’

यायोक्खा अध्यक्ष राजेन्द्र राईका अनुसार पुस्तकालय भवन बनेको ठाउँमा २०५५ सालमा बनेको जीर्ण घर थियो । उक्त घरलाई नै जोगाएर पुस्तकालय माथिल्लो तला थप्ने योजना भएपनि इञ्जिनियरले परीक्षण गर्दा रड मक्किएको पाइएपछि नयाँ भवन नै निर्माण गर्नुपरेको अध्यक्ष राईले बताए । भवन नयाँ बनेपनि पुरानो घरको दाताहरुको इतिहास नमेट्ने र शिलालेख राख्ने उनले बताए ।

sakela pustakalaya copy

‘अग्रजहरुको शिलालेख राख्छौं, र इतिहास मर्न दिदैनौ । यो भवनमा १५ लाख माथि खर्च भएको छ । निर्माणको क्रममा श्रमदान पनि गरिएको थियो,’ उनले भने,‘पुस्तकालय आजदेखि आम सर्वसाधारणको लागि खुलेको छ । भवन निर्माणको आयव्यय मंसिर २१ र २२ गते जिल्ला अधिवेशनमा सबै प्रस्तुत गछौं ।’ पैसा जोगाएर पुस्तकालयको अक्षयकोष बनाउने योजना रहेको खुलाउदै उनले रकम नजोगिए पनि व्यक्तिगतरुपमा २५ हजार राखेर भएपनि अक्षयकोष खडा गर्ने अध्यक्ष राईले उद्घोष गरे । 

sakela pustakalaya1 copy

sakela pustakalaya2 copy

sakela pustakalaya5

sakela pustakalaya7 copy

sakela pustakalaya9 copy

sakela pustakalaya10 copy

sakela pustakalaya4 copy

sakela pustakalaya6 copy