धरान: श्यामचोक सेवा समाज को ७ औं साधारण सभाबाट दिनेश रानाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । 

समितिको उपाध्यक्षमा डिल्ली राम गिरी, सचिबमा बिकास तामाङ चयन भएका छन् भने सहसचिबमा चन्द्रकला खडगी र कोषाध्क्ष्यमा कोपिला तामाङ चयन भएका छन् । 

यस्तै, सदस्यहरुमा ललित मान योन्जन, हरि ओझा, बहादुर तामाङ, कमला मगर, राज मणि गौतम र धन कुमार राई चयन भका छन् । उक्त कार्यक्रमको  प्रमुख अतिथिको रूपमा धरान वडा न। १५ का वडाअध्यक्ष नरेश इवारम रहेका थिए ।

निर्वाचन समितिमा निर्वाचन सन्योजक सुदेशना प्रधान र सदस्यमा अजुद्ध राई र लोक बहादुर तामाङ थियो । सम्पुर्ण कार्य समिती सर्वसम्मत चयन भएको समाजका सचिब बिकाश तामाङले जानकारी दिए ।