धरान: किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको १० औं अधिवेशनबाट अध्यक्षमा पुनः राजेन्द्र राई निवार्चित भएका छन् ।
धरान १० स्थित यलम्बर स्मृति संग्रहालय भवन हिजो शनिबार राती सम्पन्न निर्वाचन मतपरिणाम अनुसार ८२ मत पाएर पुनः दोस्रो कार्यकालको लागि उनी अध्यक्षमा निवार्चित भएका हुन् । अध्यक्षमा उनका प्रत्यासी चन्द्रकला राईले ५४ मत प्राप्त गरिन् । उनी अघिल्लो कार्यकालमा उपाध्यक्ष थिइन् ।
अधिवेशनमा कुल १४५ जना मतदाता प्रतिनिधिहिरु भएपनि १३९ मत खसेको थियो । अध्यक्ष पदमा दुवै उम्मेद्वारको ३/३ मत वदर भएको पनि निर्वाचन समितिका संयोजक एवं यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले जानकारी दिए ।
कुल २५ सदस्यीय कार्यसमितिमा एक जना अध्यक्ष र ३ जना सहसचिव पदमा मात्र निर्वाचन भएको थियो । अन्य पदाधिकारी र कार्यसमितिमा भने निर्विरोध चयन भएका थिए । तीन जना सहसचिव पदको लागी ४ जनाको उम्मेद्वारी परेको थियो । जसमा चन्द्र वान्तवा राईले १११ मत, इन्दिरा राईले १०१ मत र केशव राईले ९१ मत पाएर विजयी हुदा दुर्गाकुमारी राईले ८१ मात्र पाइन् ।
को को भए निर्विरोध ?
यायोक्खाको २ जना उपाध्यक्ष पदमा सवित्रा राई र यलमहाङ राई निर्विरोध निर्वाचिन भएका छन् भने सचिवमा शम्भु राई ‘पृथक’, कोषाध्यक्षमा मेनका राई र सहसचिवमा चेज वान्तवा राई पनि निर्विरोध निवार्चित भएका छन् ।
यसैगरि, निर्विरोध भएका सदस्यहरुमा विकास चाम्लिङ राई, क्षितिज राई, खगेन्द्र राई, कृपा राई, केदार सोनाहाङ राई, मालती राई, राजकुमार मेवाहाङ राई, सागर राई, रुपा राई, जानुका राई, सुमित्रा राई, लालबहादुर राई, मिलन राई, शिवकुमार राई, जितेन्द्र राई र समति राई रहेका छन् । निवार्चित कार्यसमिति सदस्यहरुलाई उपमहासचिव राईले शपथ खुवाएका थिए भने केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राईलगायतले बधाई तथा शुभकामना दिएका थिए ।