धरान: कौडिन्य गोत्रिय आचार्य महिला समाजको तेस्रो अधिवेशन धरानमा सम्पन्न भएको छ ।
समाजको धरान १२ चतरालाईमा आयोजित अधिवेशनले मेनुका आचार्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति समेत सर्वसम्मत चयन गरेको छ । समाजको उपाध्यक्षमा ईश्वरा आचार्य, सचिवमा कामना आचार्य, सचिवमा कामना आचार्य र सहसचिवमा मुना आचार्य चयन भएकी छिन् ।
यसैगरि, समाजको कोषाध्यक्षमा सुनिता आचार्य चयन भएका छन् भने सदस्यहरुमा गंगा आचार्य, दिपा आचार्य, मञ्जरा आचार्य, रजनी आचार्य, एलिशा आचार्य, अन्जना आचार्य, रजनी आचार्य र शान्ता आचार्य चयन भएका छन् ।
आचार्य थर भित्रका कौडिन्य गोत्रिय आचार्य महिलाहरु संगठित भएर गठन भएको संस्थाले सामाजिका तथा धार्मिक कार्यक्रमहरुमा सक्रियरुपमा सहभागी जनाउदै आएको संस्थापक अध्यक्ष अम्बिका आचार्यले जानकारी दिए । अधिवेशनको अवसरमा विभिन्न पद, उच्च शिक्षा तथा पेशामा सफल व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा आचार्य परिवारका डाक्टर निलिमा आचार्य, चार्टर एकाउन्टेन्ट पंकज आचार्यलाई सम्मान गरिएको थियो भने परिवार नियोजन संघ सुनसरी अध्यक्ष निर्मला आचार्य, अधिवक्ता कल्पना आचार्यलाई पनि कौडिन्य गोत्रिय आचार्य महिला समाजको तर्फबाट सम्मान गरिएको थियो।
समाजमा आवद्भ दिदिबहिनीहरुलाई आर्थिक सशक्तीकरण तथा क्षमता विकासका लागि सिपमुलक तालिम दिदै आएको निवर्तमान कोषाध्यक्ष सुनिता आचार्यले जानकारी गराइन् । साथै उनले आर्थिक प्रतिवेदन पेश गरेकी थिईन्। संस्थाको कोषमा १ लाख १२ हजार जम्मा रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।
कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सासंद यशोदा कायस्थाले महिलाहरु सक्रिय हुनुपर्नेमा जोडदिइन् । कार्यक्रममा समाजसेवी श्यामा रेग्मी, ब्युटिसियन पुष्पा श्रेष्ठ, धार्मिक अभियन्ता दुर्गा काफ्ले, सेराजिमका संचालक करुणा आचार्जु लगायत धरानका संघसंस्थाहरुको उपस्थित रहेको थियो ।